Shikhar Insurance

हेटौंडामा व्यवस्थित वस टर्मिलन भवन बन्ने

सिंहदरबार संवाददाता
२०७७ माघ २१, बुधबार २१:०८
NIMB
Nabil Bank

काठमाडौं । हेटौंडा उपमहानगरपालिका र नगर विकास कोष बीच २० करोड ६९ लाखको ऋण सम्झौता भएको छ । उपनगरमा व्यावसायिक क्रियाकलापलाई विस्तार तथा व्यापारिक केन्द्रको रुपमा विकास गराउने उद्देश्यसहित बस टर्मिनल भवन निर्माणका लागि ऋण सम्झौता भएको हो ।

हेटौंडा बस टर्मिनल भवन निर्माणका लागि कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा र हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरी बहादुर महत बीच सम्झौता भएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

हेटौंडा बस टर्मिनल भवन आयोजनाको निर्माणको कुल अनुमानित लागत ३४ करोड ४९ लाख ९७ हजारको ६० प्रतिशत ऋण रकम कोषको तर्फबाट र ४० प्रतिशत रकम नगरपालिकाबाट व्यहोरिनेछ ।

वाग्मती प्रदेशको राजधानी समेत रहेको हेटौडा उपमहानगरपालिकाको सौन्दर्यताको लागि सुविधासम्पन्न यस बस टर्मिनल भवन क्षेत्रमामा सानाठूला गरि १३० ओटा गाडीहरु एकै साथ पार्किङ्ग गर्न सकिने सुविधा रहेको छ साथै यस व्यवसायिक भवनभित्रको २ तले बेसमेन्ट पार्किङमा ९० वटा चार पाङग्रे र २५० वटा दुई पाङग्रे सवारी साधनका लागि पार्किङ्ग सुविधा रहेको छ जसले हेटौडा बजारमा रहेको अव्यवस्थित पार्किङ्गलाई न्युनिकरण गरी व्यवस्थित र सुविधायुक्त पार्किङ्ग व्यवस्थापनमा सहयोग पुग्ने छ । यस आयोजनाबाट उपमहानगरपालिकाको आर्थिक वृद्धिमा समेत टेवा पुग्ने छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्