Shikhar Insurance

बैंकिङ कसुरका फरार पक्राउ

सिंहदरबार संवाददाता
२०७७ माघ २१, बुधबार २१:१२
NIMB
Nabil Bank

काठमाडौं । बैंकिङ कसुरमा संलग्न रही फरार रहेका व्यक्तिलाई महानगरीय अपराध नियन्त्रण महाशाखाका काठमाडौँको टोलीले पक्राउ गरेको छ ।

झापाको भद्रपुर नगरपालिका–५ घर भई भक्तपुर सानो थिमी बस्ने नर्बदा उपाध्याय भण्डारीलाई बैंकिङ कसुरमा आज पक्राउ गरिएको महाशाखाले जनाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

काठमाडौँ जिल्ला अदालतमा परेको मुद्दामा रु २१ लाखको चेक अनादर गरेको आरोपमा कसुर ठहर भई कैद सजाय पाएर भण्डारी फरार हुँदै आएकी थिइन् । उक्त मुद्दामा उनलाई दुई वर्ष कैद सजाय फैसला भएको थियो । उनलाई आजै पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको महाशाखाले जनाएको छ ।

यसैबीच ललितपुर महालक्ष्मी नगरपालिका–६ इमाडोल बस्ने ५५ वर्षका मणिकुमार थापा पनि बैंकिङ कसुर मुद्दामा पक्राउ परेको महाशाखाले आज एक सूचना जारी गरी जनाएको छ ।

यसअघि उनी विभिन्न व्यक्तिसँग रकम लिई सोबापत पैसा नभएको बैंकको चेक काटिदिने र सम्पर्कविहीन हुने गरेका थिए । उनीविरुद्ध परेको उजुरीको आधारमा गरिएको खोजतलासको क्रममा काठाडौँको कोटेश्वरबाट उनलाई नियन्त्रणमा लिई महानगरीय प्रहरी परिसर काठमाडौँमा बुझाइएको महाशाखाका प्रमुख दीपक थापाले जानकारी दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्