Shikhar Insurance

देशकै सबैभन्दा ठूलो आईपीओ ल्याउने निफ्राको नाफा घट्यो (कारणसहित)

सिंहदरबार संवाददाता
२०७७ माघ २२, बिहीबार ०९:१६
NIMB
Nabil Bank

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको नाफा घटेको छ । बैंकले नाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेको हो ।

चालु आवको दोस्रो त्रैमाससम्म बैंकले ३५ करोड २२ लाख रुपैयाँ खुद नाफा गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.५४ प्रतिशत कम हो। गत आर्थिक वर्ष सोही अवधिमा बैंकले ४० करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

Citizen Life
Kumar Bank

बैंकको नाफा घटेसँगै प्रतिसेयर आम्दानीमा पनि कमी आएको छ। ब्याजदर घट्दाको बैंकको मुनाफामा घटेको देखिन्छ । ब्याजदर घट्दा ब्याज आम्दानी कम भएको हो ।

यस्तै सञ्चालन मुनाफामा पनि गिरावट आएको छ । नाफा घट्दा बैंकको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ७१ पैसाबाट ५ रुपैयाँ ८७ पैसामा खुम्चिएको छ ।

बैंकले भर्खरै देशको हालसम्मकै ठूलो ८ अर्ब रूपैयाँ प्रारम्भिक निष्काशन (आईपीओ) जारी गरेको छ ।

उल्लेखित नाफा बैंकको यो सेयर पुँजीकृत हुन बाँकी रहँदाको हो । यसअर्थमा प्रतिसेयर आम्दानी अझै कम हुनेछ ।

पुस मसान्तसम्ममा बैंकको चुक्ता पुँजी १२ अर्ब रुपैयाँ रहेकामा अब २० अर्ब पुग्नेछ । यो पुँजी ठूलो वाणिज्य बैंकको भन्दा पनि कम हो ।

बैंकले ३४ करोड निक्षेप संकलन गरी १ अर्ब ६१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। बैंकको निक्षेप लगानि १३ अर्ब ४३ करोड रूपैयाँ छ । यसबाट बैंकले ५६ करोड ९४ लाख रुपैयाँ ब्याज लिएको छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्