Shikhar Insurance

कामना डिबेन्चरः वार्षिक ९ प्रतिशत ब्याज ढुक्क

सिंहदरबार संवाददाता
२०७७ माघ २२, बिहीबार ०९:४८
NIMB
Nabil Bank

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले माघ २२ गतेबाट एक अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र (डिबेन्चर) निष्कासन तथा बिक्री खुल्ला गरेको छ । बैंकले सर्वसाधारणका लागि ४ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई ६ लाख कित्ता बिक्री गर्नेछ ।

बैंकको ‘१० वर्ष, ९ प्रतिशत केएसडीबीएल डिबेन्चर २०८७’ नामको ऋणपत्रमा १० वर्षसम्म वार्षिक ९ प्रतिशत ब्याज पाइन्छ ।
ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सकिन्छ ।

Citizen Life
Kumar Bank
Nepal Life

माघ २२ गते बिहीबारबाट निष्कासन सुरू भएको ऋणपत्रमा छिटोमा माघ २६ गतेसम्म र ढिलोमा फागुन ६ गतेसम्म आवेदन दिन सकिन्छ ।
ऋणपत्र निष्कासन गर्न कार्तिकमा नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेकामा बोर्डले बैंकलाई माघ २ गते ऋणपत्र निष्कासन गर्न अनुमति दिएको थियो ।

ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईबीएल एस क्यापिटलले गर्दैछ ।

बैंकले पछिल्लो समय एग्रेसिभ व्यापार नीति अंगालेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्