Shikhar Insurance

तारागाउँ रिजेन्सी होटल्सले प्रस्तावित १० प्रतिशत लाभांश फागुन १४ गते पारित गर्ने

सिंहदरबार संवाददाता
२०७७ माघ २२, बिहीबार १४:५८
NIMB
Nabil Bank

माघ २२, काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले प्रस्तावित १० प्रतिशत (कर समेत) नगद लाभांश फागुन १४ गते पारित गर्ने भएको छ । होटल्सले उक्त दिन २४औं वार्षिक साधारण सभा बोलाएको हो । होटल्सको रजिष्टर्ड कार्यालय, बौंद्ध , काठमाडौंमा विहान ११ बजेदेखि सभा सुरु हुनेछ । कोभिडको जोखिमलाई ध्यानमा राख्दै भर्चुअल माध्यमबाट शेयरधनीहरुलाई सहभागी गराई सभा गर्ने तयारी कम्पनीको छ ।
हाल होटल्सको चुक्तापूँजी रू. १ अर्ब ८८ करोड ६६ लाख ५४ हजार छ । सोही पूँजीको आधारमा होटल्सले लाभांश वितरण गर्न लागेको हो । लाभांशसँगै सभाले गत आर्थिक वर्ष ०७६÷७७ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै एक जना सञ्चालकको निर्वाचन समेत गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ ३० गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा माघ २९ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश पाउँन योग्य हुनेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्