Shikhar Insurance

खरो रूपमा उत्रन्छु, ‘फास्ट ट्रयाक’मा काम गर्छु : नवनियुक्त अध्यक्ष

सिंहदरबार संवाददाता
२०७७ माघ २२, बिहीबार १९:०९
NIMB
Nabil Bank

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिमा क्षेत्रमा भएका समस्या समाधानका लागि खरो रूपमा उत्रन र आफ्नो कार्यकाल बिमा क्षेत्रका लागि कोसेढुंगा सावित गर्न बिमा समितिको नयाँ नेतृत्वलाई निर्देशन दिएका छन् ।

बिहीबार बिमा समितिका नवनियुक्त अध्यक्षको शपथग्रहण कार्यक्रममा अर्थमन्त्री पौडेलले बिमा क्षेत्रका समस्याहरु केलाउन निर्देशन दिँदै ती समस्या समाधानका लागि अर्थ मन्त्रालयले सहयोग, सहजीकरण र समन्वय गर्ने प्रतिबद्धता जनाए ।

Citizen Life
Kumar Bank
Nepal Life

अर्थसचिव शिशिरकुमार ढुंगानाले बिमा क्षेत्रले विश्वसनीयता कायम गर्नुपर्ने आवश्यताका औल्याउँदै बिमा क्षेत्रलाई सबल, सक्षम र प्रतिस्पर्धी बनाउनुपर्ने बताए ।

राजस्वसचिव रामशरण पुडासैनीले बिमाको पहुँच बढाउन र बिमा क्षेत्रको सुशासन कायम गर्ने कार्यमा विशेष जोड दिनुपर्ने बताए ।

बिमा समितिका नवनियुक्त अध्यक्ष सूर्यप्रसाद सिलवालले बिमा क्षेत्रको सुधारका लागि खरो रूपमा उत्रने र फास्टट्रयाकमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले तत्काल देखा परेका समस्या समाधान गर्दै नीतिगत क्षेत्रमा प्रवेश गर्ने बताए ।

अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थसचिव शिशिरकुमार ढुंगानाले बिमा समितिका नवनियुक्त अध्यक्ष सिलवाललाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्