Shikhar Insurance

थप १ सय ७१ मा कोरोना सङ्क्रमण, २ को मृत्यु

सिंहदरबार संवाददाता
२०७७ माघ २२, बिहीबार १९:५२
NIMB
Nabil Bank

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १७१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार ८७८ जनाको स्वास्थ्य परीक्षण गर्दा ५९ महिला र ११२ पुरुष गरी सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ७१ हजार ६०२ पुगेको छ । त्यस्तै पछिल्लो समय थप २२७ निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ६७ हजार २९२ पुगेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

अहिले देशभर दुई हजार २७७ सक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये ९२ जना क्वारेन्टिनमा रहेका छन् । दुई हजार २७७ जना आइसोलेशनमा छन् । हालसम्म नेपालमा २० लाख ८५ हजार ५७३ को पिसिआर परीक्षण भएको छ । सक्रिय सङ्क्रमितमध्ये ६१ जनाको आइसियु र १४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

थप दुईको मृत्यु

नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार ३३ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप दुई जनाले ज्यान गुमाएका मन्त्रालयले जनाएको छ ।

GBIME
Wai Wai

प्रतिक्रिया दिनुहोस्