Shikhar Insurance

सीडीको सिमा नाघ्ने नेपाल बैंक, सेञ्चुरी र नबिललाई राष्ट्र बैंकले करोडौं हर्जना तिराउँदै

कुनले कति तिर्नु पर्ला ?
दिलु कार्की
२०७९ भाद्र ५, आईतवार १७:५९
NIMB
Nabil Bank

काठमाडौं । सञ्चालनमा रहेका २६ वाणिज्य बैंकमध्ये ३ वटा बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) तोकिएको सीमा माथि पुगेको छ । राष्ट्र बैंकले ९० प्रतिशतभन्दा तल सीडी कायम गरी कारोबार गर्नु निर्देशन दिएको हो । तर, साउन महिनामा सेञ्चुरी, नबिल र नेपाल बैंकले सो सीमा नघाएर नै कारोबार गरेका छन् ।

राष्ट्र बैंकले दैनिक सीडी रेसियो निगरानी गरी माहिनाको अन्त्यमा औषतमा गणना गरी ९० प्रतिशतमाथि पुगेका बैंकहरुलाई कारवाही हुने व्यवस्था एकीकृति निर्देशन, २०७८ मा व्यवस्था गरेको छ ।

Citizen Life
Kumar Bank

नेपाल बैंकर्स संघबाट प्राप्त तथ्यांकअनुसार सो अवधिमा यी बैंकहरुको औषत सीडी रेसियो ९० प्रतिशतमाथि कटेको छ । जसमा सेञ्चुरी बैंकको ९१.६३ प्रतिशत, नेपाल बैंकको ९०.७२ प्रतिशत र नबिल बैंकको ९०.९२ प्रतिशत कायम छ ।

नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको मौद्रिक नीतिमार्फत८५ प्रतिशतको सीसीडी रेसियो खारेज गरी ९० प्रतिशतको सीडी रेसियो लागु गरेको हो । जसको कार्यान्वयनको लागि राष्ट्र बबैंकले बै.कहरुलाई १ वर्षको समय दिएको थियो । सोही अनुसार चालु आवको साउन १ गतेदेखि तोकिएको ९० प्रतिशत सीडी रेसियो कायम गरेरनै कारोबार गर्नुपर्ने बाध्यता बैंकहरुलाई हो । तोकिएको सीडी रेसियो कायम नगर्ने बैंक तथा वित्तीय संस्थाहरलाई राष्ट्र बबैंकले ऐन अनुसार हर्जाना लगायतका विभिन्न कारवाही गर्ने उल्लेख गरेको छ ।

सीडी व्यवस्थापन प्रावधान
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुका लागि जारी गरेको एकीकृत निर्देशन,२०७८ को निर्देशनमा तरलता जोखिम व्यस्थापन गर्ने सम्बन्धी व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकको सम्बन्धित सुपरिवेक्षण विभागमा दैनिक सीडी रेसियो रिपोटिङ गर्नु पर्ने हुन्छ । राष्ट्र बैंकले दैनिक सीडी रेसियो निगरानीमा राखी मासिक औषत सीडी कायम भएको आधारमा सुपरिवेक्षणीय कारवाही गर्ने व्यवस्था छ ।

राष्ट्र बैंकको एकीकृत निर्देशन, २०७८ को व्यवस्थाअनुसार कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) को अनुगमन दैनिक रुपमा गर्छ । मासिक औसत आधारमा त्यस्तो अनुपात नाघेमा सम्बन्धित सुपरिवेक्षण विभाग मार्पmत हर्जाना लगाउनेछ । प्रत्येक महिनाको १ गतेदेखि मसान्तसम्मको प्रत्येक कार्यदिन (सार्वजनिक विदा वाहेक) को आधारमा मासिक औसत अनुपात निर्धारण गरी तोकिएको सीमा नाघेको हकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९९ अनुसार हर्जाना लगाउने व्यवस्था गरिएको छ ।

सो प्रावधान अनुसार सीडीको सीमा कटेका वाणिज्य बैंकहरुलाई यही साताभित्रै हर्जाना तिर्नुपर्ने गरी पत्र पठाइने राष्ट्र बैंकका एक अधिकारीले बताए ।
‘सीडी गणनामा दिएको व्यवस्थाअनुसार कुल स्रोतमा सीडी कायम गरी दिइएको कर्जामा बैंक रेटले गणना गरी हर्जाना कति तिर्नुपर्ने हो त्यो निश्चित गरिन्छ,’ राष्ट्र बैंक स्रोतले सिंहदरबारसँग भन्यो, ‘सबैभन्दा बढी सीडी सेञ्चुरीको हुँदा बैंकको कुल स्रोत र बक्यौता कर्जालाई मोटामोटी गणना गर्दा १ करोडको हाराहारीमा हर्जाना पर्न सक्ने सम्भावना देखिन्छ ।’
नबिल बैंक र नेपाल बैंकको निक्षेप र कर्जाको परिमाण नै बढी भएको हुँदा सेञ्चुरीको भन्दा कम सीडी रेसियो कायम भएपनि हर्जाना रकम भने करिब ३/४ करोड रुपैयाँको हाराहारीमा पर्न सक्कने उनको भनाइ छ ।

बैंक तथा वित्तीय संस्थाहरुले कायम गर्नु पर्ने सीडी रेसियोको अधिकतम सीमा ९० प्रतिशत तोकिएको हो । बैंक तथा वित्तीय संस्थाले पूँजी कोष र पुँजी कोषको अङ्गको रुपमा रहेका ऋणपत्र वाहेकका ऋणपत्र, १ वर्ष वा सोभन्दा बढी अवधिको विदेशी मुद्रामा लिएको ऋण तथा यस बैंकबाट प्रदान गरिएको पुनरकर्जा रकमलाई निक्षेपको रुपमा गणना गर्न सकिनेछ ।

ऋणपत्र पुँजीकोषको अंगको रुपमा रहने वा नरहने सम्बन्धमा इजाजतपत्र प्राप्त संस्थाले ऋणपत्र जारी गर्दाकै बखत तोक्नु पर्नेछ । ऋणपत्रको हकमा इजाजतपत्र प्राप्त संस्थाले २०८० असार मसान्त सम्मको लागि निक्षेपको रुपमा समेत गणना गर्न सक्नेछन् । सीडी रेसियो गणना गर्दा अन्तरबैंक निक्षेपलाई समावेश गर्न पाइने छैन ।

सीडी रेसियो कटाउने बैंकहरुको स्रोत र कर्जा
नेपाल बैंकले गत साउन मसान्तसम्म सर्वसाधारर्णसँग १ खर्ब ८६ अर्ब २० करोड रुपैयाँ निक्षेप, ५ अर्ब ८३ करोड ४८ लाख रुपैयाँ रिफाइनान्स र ३ अर्ब ५० करोड रुपैयाँ ऋणपत्र गरी कुल १ खर्ब ९५ अर्ब ५३ करोड रुपैयाँ स्रोत संकलन गरेको थियो । जसमा ९०.७२ प्रतिशत सीडी कायम गरी कुल १ खर्ब ७७ अर्ब ७८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले राष्ट्र बैंकको निर्देशन विपरित ४ अर्ब ९४ करोड ७९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको हो ।

यस्तै, नबिल बैंकले साउन मसान्तसम्म सर्वसाधारर्णसँग ३ खर्ब २६ अर्ब १७ करोड रुपैयाँ निक्षेप, ४ अर्ब ५७ करोड ९४ लाख रुपैयाँ रिफाइनान्स, २ अर्ब ५४ करोड विदेशी ऋण र ६ अर्ब २० करोड ७१ लाख रुपैयाँ ऋणपत्र गरी कुल ३ खर्ब ३९ अर्ब ५० करोड रुपैयाँ स्रोत संकलन गरेको थियो । जसमा ९०.९२ प्रतिशत सीडी कायम गरी कुल ३ खर्ब ८ अर्ब ६८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले राष्ट्र बैंकको निर्देशन विपरित ९ अर्ब ३० करोड ४४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको हो ।

साथै, सेञ्चुरी बैंकले साउन मसान्तसम्म सर्वसाधारर्णसँग ९६ अर्ब ७६ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । सो अवधिमा बैंकले ऋणपत्र, रिफाइनान्स र विदेशी ऋणमार्फत् स्रोत जुटाउको छैन । तर, २३ करोड १६ लाख रुपैयाँ अन्तरबैंक सापटी लिएको थियो् । अन्तर बैंक सापटीलाई राष्ट्र बैंक सीडीमा गणना गर्न पाउने व्यवस्था गरेको छैन ।

सो अवधिका संकलित स्रोतमा बैंकले ९१.६३ प्रतिशत सीडी कायम गरी कुल ९२ अर्ब ६९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले राष्ट्र बैंकको निर्देशन विपरित ४ अर्ब ९० करोड १५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको हो ।

७ बैंकको सीडी बोडर लाईनमा, अन्य बैंकको कति ?
चालु आवको पहिलो महिना अर्थात् साउन मसान्तसम्म वाणिज्य बैंकहरुको औषत सीडी रेसियो ८८.०७ प्रतिशत कायम थियो । जसमा ३ वटा वाणिज्य बैंकबाहेक ७ वटा बैंकको सीडी ‘बोडर लाईन’मा छ । यी बैंकहरुको सीडी ८९ प्रतिशतको हाराहारीमा व्यवस्थापन गर्दै व्यवसाय गर्न यी बैंकलाई चाप पर्ने प्रष्ट छ ।

बोडरलाईनमा सीडी कायम गर्ने वाणिज्य बैंकहरुमा ग्लोबल आइएमई ८९.९५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंक ८९.८१ प्रतिशत, बैंक अफ काठमाण्डू ८९.६६ प्रतिशत, हिमालयनको ८९.४७ प्रतिशत र कृषि विकास बैंक ८९.३२ प्रतिशत कायम छ । साथै, कुमारी बैंकको ८९.३१ प्रतिशत र प्राइम बैंकको ८९.१७ प्रतिशत सीडी रेसियो कायम छ ।
यसबाहेक १२ वटा वाणिज्य बैंकको सीडी रेसियो ८५ प्रतिशतदेखि ८९ प्रतिशतसम्म र ३ वटाको सीडी ८५ प्रतिशतभन्दा कम छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्