Shikhar Insurance

परिसंघले सवै उत्पत्तिको प्रमाणपत्र जारी गर्न पाउने

सिंहदरबार संवाददाता
२०७७ माघ २२, बिहीबार २१:०५
NIMB
Nabil Bank

काठमाडौं । नेपाल उद्योग परिसंघले नेपालबाट निर्यात हुने वस्तुहरुको उत्पत्तिको प्रमाणपत्र जारी गर्न पाउने भएको छ । नेपाल सरकार मन्त्रिपरिषद्बाट स्वीकृत भएको उत्पत्तिको प्रमाणपत्र जारी गर्ने सम्बन्धी कार्यविधि, २०७७ अनुसार उत्पत्तिको प्रमाणपत्र जारी गर्न अनुमति पाएको हो । यस अनुमतिबाट परिसंघले भारत लगायत सार्क मूलुकमा समेत उत्पत्तिको प्रमाणपत्र जारी गर्ने अधिकार प्राप्त गरेको छ ।

परिसंघले सधै स्वदेशी उत्पादनहरुको गुणस्तर वृद्धि गरी निर्यात प्रवद्र्धनमा जोड दिँदै आइरहेको छ । सरकारले परिसंघको योगदान, उद्योग र निर्यात क्षेत्रको योगदानलाई कदर गर्दै जिम्मेवारी प्रदान गरेकोमा नेपाल सरकारलाई धन्यवाद ज्ञापन गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

उत्पत्तिको प्रमाणपत्र जारी गर्दा प्राप्त भएको आम्दानिलाई निर्यात प्रवद्र्धनका कार्यक्रमहरु र गतिविधिहरु सञ्चालन गरी खर्च गर्ने र निर्यात प्रवद्र्धनलाई जोड दिने जनाएको छ । सरकारको निर्णयले निर्यातमा आवद्ध सदस्यहरुलाई अझबढी गुणस्तरीय सेवा प्रदान गर्न प्रोत्साहित गरेको बताएको छ । यस भन्दा पहिले परिसंघले तेस्रो मूलुकमा मात्र उत्पत्तिको प्रमाणपत्र जारी गर्दै आएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्