Shikhar Insurance

आम हड्ताल बिर्साउँदै नेप्से ८.३४ अंकले बढ्यो, कारोबार ७ अर्ब ६१ करोड

सिंहदरबार संवाददाता
२०७७ माघ २२, बिहीबार २१:३२
NIMB
Nabil Bank

काठमाडौं । साताको अन्तिम दिन बिहिबार नेप्से ८.३४ अंकले बढेको छ । आम हड्ताललाई बिर्साउँदै बढेको सेयर बजारमा बिहिबार २०१ कम्पनीको एक करोड ८७ लाख १९ हजार ३ सय ८७ कित्ता सेयर ७ अर्ब ६१ करोड ५० लाख ७१ हजार ९३ रुपैयाँमा किनबेच भएको हो । बिहिबार बजार बन्द हुँदा नेप्से परिसूचक २४७५.२७ अंकमा पुगेको थियो ।

यो दिन सबै भन्दा धेरै कमाउनेहरुमा लघु वित्त कम्पनीका लगानीकर्ताहरु अघि देखिए भने गुमाउनेहरुमा प्रभु लाइफ, कर्पाेरेट डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स लगायतका कम्पनीका लगानीकर्ता रहे ।
सबै भन्दा धेरै कारोबार भने नेपाल पुनर्बीमा कम्पनीको सेयर किनबेच भएको छ । १०७ कम्पनीको सेयर मूल्य बढ्दा ५१ वटा कम्पनीको मूल्य घटेको छ भने १५ कम्पनीको सेयर मूल्य स्थिर देखियो ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्