Shikhar Insurance

एमसीसी रिजेक्ट गरेको छैन् र समर्थन पनि गरेको छैन: प्रचण्ड

सिंहदरबार संवाददाता
२०७७ माघ २३, शुक्रबार ११:०३
NIMB
Nabil Bank

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी परियोजना रिजेक्ट नगरेको र समर्थन पनि नगरेको स्पष्ट पारेका छन। बिहिबारको आम हड्ताल र आगामी योजनाबारे जानकारी दिन नेकपा बिटमा समाचार लेख्ने पत्रकारहरुसँगको अन्तरक्रियामा अध्यक्ष प्रचण्डले एमसीसी रिजेक्ट पनि नगरेको र हालसम्म समर्थन पनि नगरिएको स्पष्ट पारेका हुन् ।

बिहिबारको हड्तालमा केहि आन्दोलनकारीले एमसीसी खारेज गर भन्ने नारा लगाएका थिए । अध्यक्ष प्रचण्डले त्यस्तो नारा नलगाउन निर्देशन दिएको भिडियो भाइरल भएपछि एमसीसीबारे प्रचण्डको अडान फेरिएको आंकलन गरिएको थियो । ‘एमसीसीलाई हामीले पुरै रिजेक्ट गरेको अवस्था पनि होइन र स्वीकार गरेका पनि छैनौं, त्यसबारे पार्टीमा छलफल भैरहेको छ, निचोड निस्किएको छैन, पार्टीले जे निष्कर्ष निकाल्छ, सोही अनुसार हुन्छ’, अध्यक्ष प्रचण्डले भने । प्रचण्डले एमसीसीबारे आफ्नो अडान यथावत रहेको पनि बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

अमेरिकी राजदुतसँग पनि आफुले पटक पटक एमसीसीमा आफ्ना अडानहरु संसोधन गर्नुपर्नेबारे छलफल गरिरहेको बताए । ‘मैले अमेरिकी राजदुतसँग पछिल्ला भेटहरुमा पनि एमसीसीबारे के के संसोधन गर्न सकिन्छ गरौं र कार्यान्वयनमा जाऔं भनेको छु, नेपालका राष्ट्रिय हित सुनिश्चित भएपछि मात्रै स्वीकार गर्न सकिन्छ भनेको छु’, प्रचण्डले भने ।

GBIME

प्रतिक्रिया दिनुहोस्