Shikhar Insurance

समावेशी दिगो आर्थिक पुनरुत्थानको निम्ति सामुहिक प्रयास आवश्यकः गभर्नर अधिकारी

सिंहदरबार संवाददाता
२०७७ माघ २३, शुक्रबार १२:३३
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ का कारण अर्थतन्त्रमा देखिएको चुनौतीको सामना गर्दै समावेशी र दिगो आर्थिक पुनरुत्थान हासिल गर्न सबै पक्षको सामुहिक प्रयास आवश्यक रहेको धारणा राखेका छन् । एलाइन्स फर फााइनान्सियल इन्क्लुजन(एएफआई)को भर्चुअल अन्तरक्रिया कार्यक्रममा गभर्नर अधिकारीले समावेशी र दिगो विकासका लागि सााझेदारी आवश्यक रहेको बताएका हुन् ।

एएफआईले लिडर्स पब्लिक प्राइभेट डायलग(पीपीडी) अन कोभिड १९ः लेसन एण्ढ अपच्र्युनीटी फर रिकभरी एण्ड एडभान्सिङ इनक्लुसिभ फाइनान्स एण्ढ ग्राृथ २०२१ वियोण्ड कार्यक्रमलाई सम्बोधन गरेका थिए ।
एएफआईको ससञ्चालक समितिको सदस्यसमेत रहेका गभर्नर अधिकारीले अघि भने, “कसैको एक्लो प्रयासबाट मात्रै यो महामारीले निम्त्याएको सङ्कटलाई सम्बोधन गर्न सम्भव छैन । अतः समावेशी र दिगो आर्थिक पुनरुत्थानको निम्ति सरोकारवाला सबै पक्षको पहल आवश्यक छ । सामुहिक समर्पणको भावनाबाट मात्रै त्यो सम्भव देखिन्छ ।”

Citizen Life
Kumar Bank
Nepal Life

कोभिड–१९ द्वारा सिर्जित सङ्कटको नकारात्मक प्रभाव केही समयसम्म देखिन सक्ने उल्लेख गर्दै गभर्नर अधिकारीले त्यसबाट अर्थतन्त्रमा आउन सक्ने चुनौतीलाई सम्बोधन गर्नका निम्ति प्रभावकारी र व्यावहारिक कार्यदिशा अवलम्बन गर्नुपर्ने आवश्यकतामा जोड दिए । बितेकोएक वर्षमा एएफआईको सामुहिक नीति र नियामकीय अभ्यासले कतिपय जोखिमको न्यूनीकरणमा महत्वपूर्ण भूमिका निभाएको उनको धारणा थियो । उनले भने, “यो अवधिमा हामीले समाजको सर्वाधिक जोखिममा रहेका वर्गको संरक्षणका निम्ति केही प्रयास गरेका छौं । यसलाई अझ प्रभावकारिताका साथ निरन्तरता दिन आवश्यक छ ।”

बैठकमा कोभिड महामारी र नेपालको सन्दर्भबारे चर्चा गर्दै गभर्नर अधिकारीले नेपालको पर्यटनसँगै लघु, साना र मझौला उद्यम/व्यवसाय बढी प्रभावित बनेको धारणा राखे । यसलाई सम्बोधन गर्न नियामक निकायको हैसियतमा नेपाल राष्ट्र बैंकले सहजीकरणको निम्ति विभिन्न नीतिगत व्यवस्था अवलम्बन गरेको जानकारी गभर्नर अधिकारीले दिए । कोभिडबाट प्रभावित व्यवसायलाई राहतस्वरूप बैंक तथा वित्तीय संस्थामार्पmत पुनरकर्जा सुविधा उपलब्ध गराइएको र सो अवधिमा विद्युतीय माध्यममार्पmत हुने भुक्तानी कारोबारलाई प्रबद्र्धन गरिएको उनले उल्लेख गरे । सो अवसरमा गभर्नर अधिकारीले समाजका महिला, विपन्न, अदक्ष श्रमिक, लघु तथा साना उद्यमी र त्यहाँ काम गर्ने श्रमिकको आर्थिक तथा सामाजिक उत्थानमा टेवा पुग्नेगरी नीतिगत व्यवस्था अवलम्बन गर्नुपर्ने आवश्यकतामा जोड दिए । एएफआईका सदस्य मुलुकमा अवलम्बन भएका नीतिगत र कार्यगत अभ्यासको अनुभव आदानप्रदानमा उक्त बैठक फलदायी हुने विश्वाससमेत उनले व्यक्त गरे ।

सो अवसरमा एएफआईका कार्यकारी निर्देशक डा. एल्फ्रेड हानिङले महामारीपछि वित्तिय समावेशिताको पोलिसी र सिकाईबारे धारणा राखेका थिए । सहभागीहरूबीच विभिन्न विषयमा छलफल र कार्यक्रमको अन्त्यमा बैठकको समीक्षा भएको थियो । छलफल सत्रमा बैठकमा सहभागी अन्य केन्द्रीय बैंकका अधिकारीहरुले पनि आ–आफ्नो मुलुकमा अवलम्बन गरिएका नीतिगत व्यवस्थाबारे जानकारी गराएका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्