Shikhar Insurance

रूरू जलविद्युतलाई ग्रेड-३ रेटिङ्ग, पायो प्रिमियम मूल्यमा आईपीओ विक्री गर्ने अनुमति

सिंहदरबार संवाददाता
२०७७ माघ २३, शुक्रबार १८:०९
NIMB
Nabil Bank

काठमाडौं । रूरू जलविद्युत परियोजना लिमिटेडले सर्वसाधारणलाई प्रिमियम मूल्यमा आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणका लागि गरी कुल रू. ८ करोड १५ लाख ४१ हजार १०० बराबरको ८ लाख १५ हजार ४११ कित्ता शेयर विक्री गर्न माघ २१ गते बोर्डको अनुमति पाएको हो ।
कुल कित्तामध्य ४ लाख ७ हजार ७०५ कित्ता आयोजना प्रभावित स्थानियका लागि र ४ लाख ७ हजार ७०६ कित्ता शेयर जारी गर्नेछ । कम्पनीले स्थायिलाई प्रतिकित्ता रू. १०० र सर्वसाधारणलाई प्रतिकित्ता रू. १२० मा आईपीओ जारी गर्न लागेको हो । कम्पनीलाई सर्वसाधारणमा प्रतिकित्ता रू. २० प्रिमियम थप गरेर आईपीओ विक्री गर्न बोर्डले अनुमति दिएको हो । यो आईपीओ विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीको यो आईपीओलाई इक्रा नेपालले वित्तीय अवस्थाको आधारभूत पक्ष औषतमा राम्रो रहेको संकेत गर्ने ग्रेड–३ रेटिङ्ग प्रदान गरेको छ । हाल संस्थापकहरुबाट मात्र चुक्ताभएको पूँजी रू. ३२ करोड ६१ लाख ६४ हजार ४०० रहेको छ । आईपीओ पश्चात कम्पनीको चुक्तापूँजी रू.४० करोड ७७ लाख ५ हजार ५०० पुग्नेछ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्