Shikhar Insurance

सिभिल बैंकको सेयरमूल्य समायोजन, ८ प्रतिशत बोनस सेयर वितरण गर्दै

सिंहदरबार संवाददाता
२०७७ माघ २३, शुक्रबार १८:२६
NIMB
Nabil Bank

काठमाडौं । शुक्रवार सिभिल बैंकको सेयरमूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बैंकको प्रस्तावित ८ प्रतिशत बोनस सेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो । बैंकको बिहीवार कायम अन्तिम मूल्य रू. २३२ लाई आधार बनाई बोनस पछिको मूल्य रू. २१५ तोकेको हो ।
सेयरधनीहरुले मात्र बैंकको लाभांश पाउँने भएका छन् । बैंकले प्रस्तावित लाभांश पारितका लागि फागुन ९ गते दशौं वार्षिक साधारण सभा बोलाएको छ । बैंकले गत आर्थिक वर्ष २०७६/७७ को संचित मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४२ प्रतिशत लाभांश वितरणको प्रस्ताव सभामार्फत पारित गर्दैछ । हाल बैंकको चुक्तापूँजी रू. ८ अर्ब ३३ लाख ८९ हजार रहेको छ । सोही पूँजीको आधारमा बैंकले लाभांश वितरणको प्रस्ताव गरेको हो ।
बैंकको यस वर्ष प्रस्ताव गरेको लाभांश विगत दुई आर्थिक वर्षकै उच्च रहेको छ । बैंकले गत वर्ष ६ दशमलव ५७ प्रतिशत नगद लाभांश र अघिल्लो वर्ष ४ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश दिएको थियो । दुई आर्थिक वर्ष निरन्तर नगद लाभांश दिएको यस बैंकले यो वर्ष भने बोनसमा जोड दिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्