Shikhar Insurance

बीमा समितिका नव नियुक्त अध्यक्षले सम्हाले कार्यभार, मिलेर अघि बढ्न सबैको सुझाव

सिंहदरबार संवाददाता
२०७७ माघ २३, शुक्रबार १९:२०
NIMB
Nabil Bank

काठमाडौं । बीमा समितिका नव नियुक्त अध्यक्ष सुर्य प्रसााद सिलवालले कार्यभार सम्हालेका छन् । उनले शुक्रबार समिति पुगेर कार्यभार सम्हालेका हुन् । कार्यभार सम्हालेपछि आयोजीत स्वागत समारोहलाई सम्बोधन गर्दै उनले सबैसँग मिलेर बीमा क्षेत्रको दिगो विकास र स्थायीत्वका लागि काम गर्ने बताए ।

उनले आफु बीमा क्षेत्रको विज्ञ नभएपनि सबैको साथ लिएर राम्रो काम गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । कार्यक्रममा निर्जीवन बीमक संघका अध्यक्ष दिप प्रकाश पाण्डे, जीवन बीमक संघका अध्यक्ष निर्मलकाजी श्रेष्ठ लगायतले सरोकावाला सबै निकायसँग मिलेर अघि बढ्न अध्यक्ष सिलवाललाई आग्रह गरेका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life

बीमा समितिको मार्ग दर्शन अनुसार बीमा क्षेत्रको विकास र सुशासनका लागि आफुहरु सधै तयार रहने प्रतिवद्धता पनि उनीहरुले व्यक्त गरेका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्