Shikhar Insurance

नेप्सेलाई नटेर्ने ८६ कम्पनीको सेयर कारोबार रोक्का हुँदै, २५ बैंक सहित कुन-कुन परे कारबाहीमा ?

(सूची सहित)
सिंहदरबार संवाददाता
२०७९ भाद्र १०, शुक्रबार १३:३८
NIMB
Nabil Bank

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत ८६ वटा कम्पनीहरुको सेयर कारोबार रोक्का हुने भएको छ । नेप्सेले समयमै वित्तीय विवरण नबुझाउने बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, हाइड्रो पावर लगायत ८६ वटा कम्पनीहरुको सेयर कारोबार रोक्का गर्ने भएको हो ।अहिले नेप्सेमा ३ सय ३४ वटा कम्पनीहरु सूचीकृत छन् । जसमध्ये ८६ वटा कम्पनीहरुले अघिल्लो आर्थिक वर्षदेखि गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरण नेप्सेलाई बुझाएका छैनन् ।

धितोपत्र सूचीकरण विनियमावली, २०७५ परिच्छेद ५ को बुँदा नम्बर १६ मा गरिएको व्यवस्था अनुसार संगठित संस्थाले प्रत्येक त्रैमासिक अवधि समाप्त भएको १ महिना भित्र सो अवधिको काम कारवाही र वित्तीय विवरण सहितको प्रतिवेदन नेप्सेमा पेश गर्नु पर्नेछ । यदी तोकिएको समयमा संगठित संस्थाले वित्तीय विवरण पेश नगरे सूचीकरण स्थगन गर्न सक्ने अधिकार नेप्सेलाई सो विनियमावलीले दिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

तर, नेप्सेले हालसम्म उक्त विनियमावलीमा भएको व्यवस्था उल्लंघन गर्ने सूचीकृत कम्पनीहरुलाई कारवाही गरेको छैन । सूचीकृत कम्पनीहरुले पेश गरेको वित्तीय विवरणलाई ‘डिजिटल माध्यमबाट प्रमाणीकरण गरी नेप्सेले आफ्नो वेबसाइटमा अपलोड गर्छ । कुन कम्पनीले कहिलेसम्मको वित्तीय विवरण पठाएको हो ? र नपठाउने कम्पनीहरुलाई ताकेता लगाउने काम हालसम्म नगरेको नेप्सेले अहिले भने विनियमावलीको व्यवस्था अनुसार डण्डा चलाउने भएको हो । नेप्सेमा सूचीकृत ११ समूहका ८६ कम्पनीहरुले समयमै वित्तीय विवरण नबुझाएका हुन् ।

सूचीकरण विनियमावलीको व्यवस्था उल्लंघन गर्नेमा नेपाल राष्ट्र बैंकको नियमनमा पर्ने २५ वटा बैंक तथा वित्तीय संस्थाहरु छन् । जसमध्ये १ वटा वाणिज्य बैंक, ४ वटा विकास बैंक, ७ वटा फाइनान्स कम्पनी र १३ वटा लघुवित्त वित्तीय संस्था छन् ।

यसैगरी बीमा समितिको नियमनमा ९ वटा सूचीकृत कम्पनीले समेत गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण बुझाएका छैनन् । जसमा रहेका ४ वटा निर्जीवन र ४ वटा जीवन बीमा कम्पनीहरुले पनि नेप्सेमा समयमै वित्तीय विवरण पेश नगरेका हुन् ।

यस्तै, नेप्सेमा समयमै वित्तीय विवरण पेश नगर्नेमा २८ वटा हाइड्रोपावर कम्पनी, १६ वटा उत्पादन तथा प्रशोधन कम्पनीहरु, २ वटा अन्य कम्पनी, होटल २ वटा, व्यापार कम्पनी ३ वटा र १ वटा लगानी सम्बन्धी कम्पनी छन् ।

यी कम्पनीहरुले नियम अनुसार वित्तीय विवरण नबुझाएसम्म सेयर कारोबार रोक्का गरिने नेप्सेका कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्कीले बताए । ‘धितोपत्र नियमावली अनुसार प्रत्येक त्रैमास सकिएकोे १ महिना भित्र वित्तीय विवरण नेप्सेमा नबुझाए सेयर कारोबार रोक्का गर्न सकिने व्यवस्था छ,’ सीईओ कार्कीले सिंहदरबारसँग भने, ‘गत आवको चौथो त्रैमाससम्मको वा सोभन्दा अघिदेखि नै वार्षिक र त्रैमासिक वित्तीय विवरण नेप्सेमा नबुझाउने सूचीकृत कम्पनीहरुको सेयर कारोबार रकेही दिनमै रोक्का हुन्छ ।’

नेप्सेले नियमानुसार वित्तीय विवरण नबुझाउने कम्पनीहरुलाई अन्तिम मौका दिएर दिइएको समयमा सबै वित्तीय विवरण पेश नगर्ने कम्पनीको सेयर कारोबार रोक्का गर्ने उनको भनाई छ । ‘लगानीकर्ताले कम्पनीको फान्डामेन्टल हेरेर लगानी गर्नुपर्दा नेप्सेको वेव साइट हेछन्, अन्य प्रयोजनका लागि पनि वित्तीय विवरण आवश्यक पर्ने हुनाले नै नियमावलीमै उल्लेख गरिएको हो,’ नेप्सेका सीइओ कार्कीले भने, ‘नियम उल्लंघन गर्ने कम्पनीहरुको सेयर रोक्का गर्ने प्रक्रिया हामीले सुरु गरेका छौं ।’

पहिलो चरणमा वित्तीय विवरण नबुझाउनुका कारण निक्र्योल गरी पत्र पठाइने र मनासीव जवाफ प्राप्त नभए तोकिएका वर्ष र त्रैमासका वित्तीय विवरण प्राप्त नहुँदासम्म सेयर कारोबार रोक्का गरिने उनले बताए ।

‘मर्जर तथा प्राप्तिमा गएका कम्पनी र संस्था खारेजी नै भएका कम्पनी बाहेकका सूचीकृत सबै कम्पनीहरुको वित्तीय विवरण प्राप्त भएरनभएको एकिन गर्ने काम सुरु गरिएको छ,’ उनले थपे, ‘अहिलेसम्म नेप्सेले समयमै वित्तीय विवरण नबुझाउने कम्पनीलाई कारवाही गरेको थिएन अब गर्छ ।’

नेप्सेको वेवसाइटमा गत आवको चौथो त्रैमाससम्मको र अन्य आव र सम्बन्धित त्रैमासको वित्तीय विवरण अपलोड नभएका कम्पनीहरुको बारेमा सम्बन्धित विभागलाई अपडेट हुन उनले निर्देशन दिइसकेका छन् । वित्तीय विवरण नबुझाउने कम्पनीहरुको सूची तयार गरी कारोबार रोक्का गरिने उनले जानकारी दिए ।

‘भदौ मसान्त अगावै ती कम्पनीहरुलाई वित्तीय विवरण प्राप्त नभएको जानकारी दिइन्छ, १५ दिनको समय दिएर वित्तीय विवरण माग गरिन्छ, विवरण पेश नभए नहुनुका कारण खुलाई स्पष्टिकरण पेश गर्ने मौका कम्पनीले पाउँछन्, उचित कारण पेश नगरे कारोबार रोक्का हुन्छ,’ उनले थपे, ‘अहिले कारोबार रोक्का गर्ने प्रावधान मात्र छ, अब विनियमावली संशोधन गरेर वित्तीय विवरण नबुझाएको समयावधी हेरेर जरिवानाको समेत व्यवस्था हुन्छ ।’

नेप्सेले गत असार मसान्तसम्म वित्तीय विवरण नबुझाउने सूचीकृत कम्पनीलाई सेयर कारोबार रोक्का गरेपनि चालु आवको पहिलो त्रैमासदेखिका वित्तीय विवरण नबुझाउन समयमै पेश नगर्ने कम्पनीहरुलाई भने जरिवाना समेत तिराउन सक्ने उनको भनाइ छ ।

नेप्सेको कारवाहीमा पर्ने कम्पनीहरु
नेप्सेको कारवाहीले सेयर कारोबार रोकिने वाणिज्य बैंकमा मेगा बैंक रहेको छ भने विकास बैंकहरुमा कर्णाली डेभलपमेन्ट बैंक, महालक्ष्मी विकास बैंक, मितेरी विकास बैंक र मुक्तिनाथ विकास बैंक रहेका छन् । भने, वित्त कम्पनीतर्फ क्यापिटल फाइनान्स, मञ्जुश्री, सेन्टल, मल्टिप्रपोज, पोखरा, प्रोगेसिप, समृद्धि र सिर्जना फाइनान्स छन् ।
साथै माइक्रोफाइनान्सतर्फ फर्वाड, घोडीघोडा, इन्फिटी, जनउत्थान, मञ्जुश्री, नाडेप, एनआइसी एशिया, निर्धन, एनएमबि, राष्ट्र उत्थान, सुर्याेदयस्वालम्बन र विजया लघुवित्त वित्तीय संस्थाको नेप्सेले सेयर कारोबार रोक्ने प्रक्रिया सुरु गरेको हो ।

सूचीकृत बीमा कम्पनीहरुमध्ये सेयर कारोबार रोकिने प्रक्रियामा अजोड इन्स्योरेन्स, आइएमई जनरल, प्रिमियर र पु्रडेन्सियल इन्स्योरेन्स रहेका छन् । भने लाइफ इन्स्योरेन्सतर्फ ज्योति लाईफ, एलआइसी, नेपाल लाईफ र सानिमा लाइफ रहेका छन् ।
उल्लेखित केही बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुको मर्जर तथा प्राप्तिको प्रकृयाका कारणले यसअघि नै सेयर कारोबार रोक्का छ । यस्ता कम्पनीहरु सर्टलिस्ट गरी ताकेता नगर्ने सीईओ कार्कीे जानकारी दिए । साथै, गत असार मसान्तयता सूचीकृत कम्पनीलाई समेत चालु आवको पहिलो त्रैमाससम्म ताकेता नगरिने उनले बताए ।

समयमै वित्तीय विवरण नबुझाउने कम्पनीहरुः

GBIME

प्रतिक्रिया दिनुहोस्