Shikhar Insurance

डेढ महिना भित्र सबै कोरोना बीमितले पैसा पाउने, अहिलेसम्म कतिले पाए ?

सिंहदरबार संवाददाता
२०७७ माघ २३, शुक्रबार २०:३६
NIMB
Nabil Bank

काठमाडौं । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले आगामी डेढ महिनाभित्र सबै कोरोना बीमितहरुको दावी भुक्तानी गरिसक्ने बताएका छन् । बीमा समितिका नव नियुक्त अध्यक्ष सुर्य प्रसाद सिलवाललाई स्वागत गर्न आयोजीत कार्यक्रममा उनले आगामी डेढ महिनाभित्रै कोरोना बीमाको सम्पूर्ण भुक्तानी गरिसक्ने बताएका हुन् ।

निर्जीवन बीमक संघका अध्यक्ष तथा कोरोना बीमा पुलको काम गरिरहेको शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डेका अनुसार हालसम्म ६५ हजार ८ सय ६१ वटा दावी परेका छन् । तिमध्ये ३८ हजार ४ सय २९ जनाले भुक्तानी पाईसकेका छन् । कम्पनीहरुले कोरोना बीमा दावी वापत ३ अर्ब ७३ करोड १२ लाख रुपैयाँ भुक्तानी दिएका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

हाल ३ हजार ६ सय ७३ वटा दावी प्रक्रियामा रहेको छ भने ९ हजार २ सय १५ वटा फाइल स्वास्थ्य मन्त्रालयमा पुगेको छ । एक हजार ९ सय ५९ वटा दावी स्वास्थ्य मन्त्रालय पठाउन तयार पारिएका छन् । ३ हजार ३ सय ७५ वटा दावीमा भने कागजात नपुगेर सम्बन्धीत कम्पनीमा फकाईएको छ । ४ सय ३० वटा दावी भने प्रमाण पुगेको देखिन्न । ८ हजार ७ सय ८० वटा दावी भने भेरिफिकेशन प्रक्रियामा रहेको छ ।

संघका अध्यक्ष तथा पुल मेनेजर कम्पनीका सिइओ पाण्डेले पनि आगामी डेढ महिनाभित्र सबै दावीको भुक्तानी गरिसक्ने बताए । ‘आगामी डेढ महिनाभित्र सबै कोरोना बीमाको दावी भुक्तानी गरिसक्छौं’, पाण्डेले भने ।

GBIME

प्रतिक्रिया दिनुहोस्