Shikhar Insurance

बीमा अभिकर्ताको नयाँ लाइसेन्स रोक्न माग

सिंहदरबार संवाददाता
२०७७ माघ २३, शुक्रबार २१:०५
NIMB
Nabil Bank

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघले नयाँ बीमा अभिकर्ताको लाइसेन्स रोक्न माग गरेको छ । संघका अध्यक्ष नन्द तिवारीले बीमा समितिका नव निर्वाचित अध्यक्ष सुर्य प्रसाद सिलवालको स्वागतका लागि आयोजीत कार्यक्रममा अभिकर्ताको नयाँ लाइसेन्स रोक्न माग गरेका हुन् । उनले हाल बीमा कम्पनीहरुले जथभावी अभिकर्ताको लाइसेन्स दिन थालेको आरो पनि लगाए । बीमा समितिलार्य लाइसेन्स बाढ्ने अखडा नबनाउन पनि अनुरोध गरे । बीमाबारे राम्रोसँग नबुझाई लाइसेन्स दिन नहुने बताए ।

बीमा समितिको उपस्थितिमा मात्रै अभिकर्तालाई तालिम दिनुपर्ने बताए । ३ करोड जनसंख्या भएको देशमा पाँच लाख अभिकर्ता भैसकेको र एक जना अभिकर्ताको भागमा ६० जना नागरिक मात्रै पर्नेे अवस्था आएको पनि बताए । अब अभिकर्ताहरुले बीमा पोलिसी बेचेर बाच्नै नसक्ने अवस्था आईसकेको निष्कर्ष पनि सुनाए ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्