Shikhar Insurance

राष्ट्र बैंकमा बढुवा किचलोः गभर्नर विरुद्ध कम्युनिष्ट-काँग्रेस एक जुट

सिंहदरबार संवाददाता
२०७७ माघ २४, शनिबार १४:४८
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकमा बढुवा किचलो सुरु भएको छ ।राष्ट्र बैंकले माघ २१ ग्ते प्रशासन सेवा तर्फ रिक्त रहेका १५ जना सहायक निर्देशकलाई उप निर्देशकमा बढुवा गरेको थियो । राष्ट्र बैंक कर्मचारी विनियमावली अनुसार कार्यसम्पादन मूल्यांकन र बरिष्ठताका आधारमा बढुवा नगरिएको भन्दै कम्युनिष्ट र काँग्रेस निकट कर्मचारी संघ तथा युनियनहरुले आन्दोलन थालेका छन् ।

बढुवा किचलोमा अर्काे एउटा रोचक पक्ष देखिएको छ, गभर्नर विरुद्ध काँग्रेस निकट कर्मचारी युनियनहरुले भन्दा पहिले नै नेकपा निकट कर्मचारी संघले आन्दोलन छेडेको छ । नेकपा निकट कर्मचारीहरुको संगठन नेपाल राष्ट्र बैंक कर्मचारी संघले बिरोध पत्र जारी गरेको छ । संघका कार्यवाहक अध्यक्ष रुद्र प्रसाद तिम्सिना र महासचिव गोबिन्द प्रसाद पराजुलीले हस्ताक्षर गर्दै गभर्नरलाई बिरोध पत्र बुझाएका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

उता काँग्रेस निकट नेपाल राष्ट्र बैंक कर्मचारी युनियनले पनि आइतबारबाट आन्दोलनका कार्यक्रम अघि सार्दैछ । ‘अहिले गरिएको बढुवा सम्बन्धी पुरै निर्णय फिर्ता लिएर नयाँ प्रक्रिया आरम्भ गर्नुपर्छ भन्ने हाम्रो अडान हो, गभर्नर सरले नै आइतबारसम्ममा केहि गरौंला भन्नु भएपछि हामी रोकिएका हौं, त्यो छलफलपछि आन्दोलनका कार्यक्रम आउँछन्’, काँग्रेस निकट कर्मचारी युनियनका एक पदाधिकारीले भने ।

कनिष्ठ सहायक निर्देशक जगदिश कुमारलाई बढुवा गरिएको कर्मचारीहरु रुष्ट बनेका हुन् । गभर्नर महाप्रसाद अधिकारीले चाटर्ड एकाउन्टेन्ट तथा पूर्व सञ्चालक सुबोध कर्णका आफन्तलाई बढुवा गरेको कर्मचारीहरु रुष्ट बनेका हुन् । सहायक निर्देशकको ७६ औं नम्बरमा रहेका कनिष्ठ कर्मचारीलाई बढुवा गर्नमा डेपुटी भर्नर चिन्तामणी शिवाकोटीले गभर्नरलाई बाध्य पारेको पनि राष्ट्र बैंक श्रोतले बतायो । यद्यपी गभर्नर अधिकारी भने बढुवा पुनरावलोकनका लागि तयार भैसकेको पनि श्रोतले बतायो ।

GBIME

प्रतिक्रिया दिनुहोस्