Shikhar Insurance

देशभरको मौसम बदलीसँगै चन्द्रागिरी र दामनमा हिमपात

सिंहदरबार संवाददाता
२०७७ माघ २४, शनिबार १६:०५
NIMB
Nabil Bank

काठमाडौं । देशका विभिन्न स्थानमा भएको वर्षासँगै राजधानीको पर्यटकीय गन्तव्य चन्द्रागिरी हिल्समा हिमपात भएको छ । नेपालको मौसममा आज पश्चिमा वायुको प्रभाव बढ्दा चन्द्रागिरी, ककनी, नगरकोट, फुलचोकी, दामनसहित  उच्च पहाडी तथा हिमाली भेगमा  वर्षासँगै हिमपात भएको हो ।

चन्द्रागिरी हिल्सले बताएअनुसार आज दिउँसो साढे ३ देखि ४ बजेको समयमा हिमपात भएको छ । जुन, यो वर्ष पहिलोपटक चन्द्रागिरीको डाँडामा परेको हिउँ हो ।

Citizen Life
Kumar Bank
Nepal Life

यसअघिका वर्षमा चन्द्रागिरी लगायतका उच्च पहाडी भेगमा हिमपात भएको थिएन् । हिजो शुक्रबारदेखि मौसममा पश्चिमा वायुको प्रभाव परेसँगै हिमपात सुरु भएको हो ।

चन्द्रागिरीसँगै मकवानपुरमा पर्ने उच्च पर्वतीय पर्यटकीय गन्तव्य दामनमा पनि हिमपात भएको छ । यतिबेला काठमाडौं उपत्यकामा वर्षा भइरहेको छ।

उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा हुने अनुमान यसअघि नै मौसम पूर्वानुमान महाशाखाले गरेको थियो । सोहीअनुसार आज देशका अधिकांश हिमाली भेगसँगै उच्च पर्वतीय डाँडामा हिमपात भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्