Shikhar Insurance

नेपाली उत्पादनको ब्राण्डिङ गर्ने वित्तिकै पहिचान बन्छः गोल्यान

सिंहदरबार संवाददाता
२०७७ माघ २४, शनिबार १८:५९
NIMB
Nabil Bank

काठमाडौं । नेपाली उत्पादनको गर्न ब्राण्डिङ गर्न आवश्यक भएको उद्यमी व्यवसायीहरूले बताएका छन् । नेपाल तयारी पोशाक उत्पादक संघले शनिबार आयोजना गरेको कार्यक्रममा उद्यमी तथा बैकर्स पवन गोल्यानले नेपाली उत्पादनको ब्राण्डिङ गर्न आवश्यक भएको बताएका हुन् ।

‘तपाईहरूले उत्पादन गरेको कपडाको ब्राण्डिङ गर्नुस् त्यसपछि स्थापित भइ हाल्छ,’ उनले भने ‘ विदेशी लोगो टाँसेर आफ्नो उत्पादनको अवमूल्यन नगर्नुस् ।’ हाम्रो पहिचान भनेको आफूले गरेको उत्पादन नै हो । यसले नै तपाईँ हामी सबैलाई इज्जत दिन्छ र पहिचान स्थापित गर्छ ।’ धागोदेखि गार्मेण्टसम्मको उत्पादन नेपालमै गर्न सकिन्छ ।’ अहिले युवाहरूमा नेपाली उत्पादनै खाऊ र लगाउ भन्ने सोच पैदा भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

‘मेरो करियर पनि कपडा उत्पादनबाट शुरु भएको हो,’ उनले भने ‘ म कपडा र धागो उद्योगी समेत भएकोले यस व्यवसायमा हुने दुःखका वारेमा मैले राम्रोसँग बुझेको छु । त्यसैले गार्मेट उद्योगले सहुलियत पूर्ण कर्जा पाउनुपर्छ भनेर राष्ट्र बैंकसँग छलफल गरेको उनले बताए । कर्जा लिन कुनै अप्ठ्यारो पर्यो भने बैंक तथा वित्तीय संस्था परिसंघलाई सम्झनु होस् ।

कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति सचिव बैकुण्ठ अर्यालले पनि आम व्यवसायीहरूले गरेको उत्पादनलाई प्रवद्र्धन गर्न सरकारले सघाउने बताए । ‘मलाई नेपालमा यति धेरै उत्पादन छन् भन्ने मलाई थाहै थिएन,’ उनले भने ‘कार्यक्रममा आए पछिमात्रै थाहा भएको हो ।’ गुणस्तरीय उत्पादन भए बजार नपाउने भन्ने हुँदैन ।’

‘सहुलियतकर्जाको लागि राष्ट्र बैंक निरन्तर सम्वादमा छौं,’ उनले भने ‘ आगामी बजेटमा पनि यस विषयमा केही व्यवस्था गर्न मैले पहल गर्नेछु ।’ निर्यातलाई प्रवद्र्धन गर्न के गर्न सकिन्छ यस विषयमा सहजीकरण गर्न मन्त्रालय तयार रहेको छ ।

कार्यक्रममा उद्योग विभागका उपसचिव ज्ञानेन्द्र पारजुलीले सबै उद्यमी व्यवसायीलाई ट्रेडमार्क लिन सल्लाह दिए । ‘उद्यमी व्यवसायीले ट्रेडमार्क लिन ढिला हुने आवाज उठिरहेको थियो,’ उनले भने ‘यसमा सुधार भएको छ ।’

नेपाल स्थानीय तयारी पोशाक उत्पादक संघका अध्यक्ष किशोर नेपालले अहिले नेपालमा २ हजार गार्मेन्ट फ्याक्ट्री रहेको बताउँदै अबको ५ वर्षभित्र आयातलाई आधा गर्न सकिने बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्