Shikhar Insurance

पोखराबासीको प्यास मेटाउने मदीखोला खानेपानी आयोजनाको काम, पाँच अर्ब लगानी

सिंहदरबार संवाददाता
२०७७ माघ २४, शनिबार १९:५५
NIMB
Nabil Bank

पोखरा। कोरोना भाइरस संक्रमण रोकथामका लागि गरिएको बन्दाबन्दीबाट प्रभावित पोखरा खानेपानी सुधार आयोजनाको काम अहिले पूर्ण क्षमतामा भइरहेको छ। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग(जाइका)को पाँच अर्ब रूपैयाँ अनुदान सहयोगमा पोखराका लागि निर्माणाधीन खानेपानी आयोजना लगानीका हिसाबले देशकै दोस्रो ठूलो हो। बन्दाबन्दीपछि ठप्प कामले यतिबेला पुनः तीव्रता पाएको छ। कोरोनापछिको दुई महिनामा पाँच प्रतिशत हाराहारीमा प्रगति भएको खानेपानी संस्थानले जनाएको छ। भौतिक प्रगति ३१ प्रतिशत पुगेको छ।

सम्झौताअनुसार आयोजना पूरा गर्न अब ६ महिनाको मात्रै समय बाँकी छ। दुई तिहाइ हाराहारीमा काम बाँकी रहेकाले तोकिएको समयमा काम सम्पन्न हुन कठिन देखिएको छ। पछिल्लो समय निर्माणको कामले तीव्रता पाए पनि निर्धारित समयमा पूरा गर्न गाह्रो पर्ने देखिएकाले आयोजनाको म्याद थपको प्रक्रिया अघि बढेको स्रोतले जनाएको छ।

Citizen Life
Kumar Bank
Nepal Life

कोरोना संक्रमण बढेका बेला निर्माण कम्पनीका प्राविधिक कर्मचारी नेपाल आउन नसक्दा काम पूर्ण क्षमतामा हुन सकेको थिएन। आयोजना सन् २०२१ अगस्टभित्रमा सम्पन्न गर्ने गरी जापनिज कम्पनी हाज्मा एण्ड कर्पोरेशनले ठेक्का पाएको छ। सन् २०१७ फेब्रुअरीमा नेपाल सरकार र जाइकाबीच खानेपानी सुधार आयोजनासम्बन्धी सम्झौता भएको थियो। विसं २०७६ जेठमा आयोजनाको शिलान्यास गरेर काम शुरु भएको हो।

पोखरेलीको खानेपानीको प्रमुख स्रोत मर्दीखोलाबाट ल्याइएको पानी हाल प्रशोधन नगरिकन उपभोक्ताका घरघरमा पठाउने गरिएको छ। मुहानबाटै पानी शुद्धीकरण गरेर पिउनयोग्य बनाउने लक्ष्यसहित जाइकाको अनुदान सहयोग र नेपाल सरकारको ऋण लगानीमा खानेपानी संस्थानले आयोजना निर्माण गरिरहेको हो।

भदौदेखि काम आंशिक शुरु भए पनि तिहारलगत्तै पूर्ण क्षमतामा भइरहेको आयोजनाका डेपुटी परियोजना प्रबन्धक एवं खानेपानी संस्थान पोखराका कार्यालय प्रमुख आशिष कार्कीले बताए। उनका अनुसार मर्दी मुहानमा ग्रिड च्याम्बर र सेडिमेन्टेसन ट्यांकी, स्लो स्याण्ड फिल्टर, तीनवटै ठूला रिजर्भवायर ट्यांकी निर्माण र पोखरा बजारभित्र पाइपलाइन विस्तारको काम एकैपटक भइरहेको छ।

हाल आयोजनामा ४०० जनाले काम गरिरहेका छन्। ुकोरोनाका कारण आयोजनालाई असर पारेकाले अहिले लक्ष्य भेट्टाउने गरी छिटो छिटो काम भइरहेको छ,ु प्रबन्धक कार्कीले भने। पोखरा महानगरका १९ वटा वडाका ४ लाख ५ हजार ८८९ जनसंख्या आयोजनाबाट लाभान्वित हुने अनुमान छ ।

खानेपानी सुधार आयोजनाअन्तर्गत मर्दीखोलाको पानी मुहान र पोखरा–१९ पुरुन्चौरको ट्रिटमेन्ट प्लान्टमा शुद्ध बनाएर त्यहाँबाट पोखरा–२ मिरुवामा रहेको संस्थानको ट्यांकीमा जडान गरिनेछ। पानी शुद्ध बनाउन मुहान नजिक ‘ग्रीट च्याम्बर’ र दैनिक चार करोड २० लाख लिटर प्रशोधन क्षमताको ‘सेडिमेन्टेसन ट्यांकी’ (ढुंगा, बालुवा हटाउने पोखरी) बनिरहेका छन्। रासस

GBIME

प्रतिक्रिया दिनुहोस्