Shikhar Insurance

ओली आलोचना सुन्नै नसक्ने व्यक्ति हुनः माधव नेपाल

सिंहदरबार संवाददाता
२०७७ माघ २४, शनिबार २०:२२
NIMB
Nabil Bank

काठमाडौं । नेकपा अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली आलोचना सुन्नै नसक्ने खराब बानी परेका नेता भएको आरोप लगाएका छन् । शनिबार मिडिया एलायन्ससँगको अन्तरक्रियामा अध्यक्ष नेपालले ओली प्रशंसाको भोको रहेको र कसैले आलोचना गर्ने बित्तिकै उनी आक्रोशित हुने गरेको बताएका हुन्। उनले आफूहरुले ओलीको आलोचना गरेको नभइ प्रतिगामी कदम र प्रवृत्तिको विरोध गरेको बताए ।

ओलीका कारण प्रजातन्त्र र लोकतन्त्र नै खतरामा पर्ने अवस्था आएपछि आफूहरुले त्यसको रक्षाका लागि अग्रसरता भएको पनि अध्यक्ष नेपालले बताए । ‘हामी संविधानको पक्षमा हामी छौं । ओलीको कदमविरुद्ध अरु पार्टीसँग सहकार्यका लागि जरुरी छ र प्रयास जारी छ’, नेपालले ओलीको कदमविरुद्ध संयुक्त आन्दोलनमा जोड दिँदै भने, ‘अधिनायकवादविरुद्ध हामी हातेमालो गर्दै आन्दोलनमा जान चाहन्छौं । तपाईँहरु मिडियाको भूमिका पनि महत्वपूर्ण छ ।’

Citizen Life
Kumar Bank
Nepal Life

पार्टीमा हाल कायम रहेको ४३३ मध्ये २८८ जना केन्द्रीय आफूहरुको पक्षमा रहेको भन्दै आधिकारिक पार्टी आफूहरु रहेको नेपालले दावी गरे । उनले कुनै पनि हालतमा प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने भन्दै संविधानले प्रधानमन्त्रीलाई विघटनको अधिकार नै नरहेको दोहोर्याए ।

GBIME

प्रतिक्रिया दिनुहोस्