Shikhar Insurance

रुरु जलविद्युत परियोजनाले १२० रुपैयाँ कित्ताको आइपीओ निष्काशन गर्न अनुमति पायो

सिंहदरबार संवाददाता
२०७७ माघ २४, शनिबार २१:२१
NIMB
Nabil Bank

काठमाडौं । रुरु जलविद्युत परियोजना लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने भएको छ । आयोजनालाई नेपाल धितोपत्र बोर्डले प्रति कित्ता १२० रुपैयाँमा आइपीओ निष्काशन गर्ने अनुमति पाएको हो ।
रुरुले आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि प्रति कित्ता एक सय रुपैयाँ दरका ४ लाख ७ हजार ७ सय ५ कित्ता आईपीओ निष्काशन गर्न लागेको छ ।

त्यस्तै, आम सर्वसाधारणका लागि भने प्रति कित्ता १२० रुपैयाँका दरले ४ लाख ७ हजार ७ सय ६ कित्ता आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीको आईपीओलाई इक्रा नेपालले ग्रेड ३ रेटिङ दिएको छ । रुरुको आइपीओ निष्काशनका लागि एनएमबि क्यापिटललाई बिक्रि प्रबन्धक तोकिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

 

GBIME

प्रतिक्रिया दिनुहोस्