Shikhar Insurance

भागरथी भट्टको हत्यारालाई तुरुन्त कारवाही गरः माधव-प्रचण्ड

सिंहदरबार संवाददाता
२०७७ माघ २४, शनिबार २२:१३
NIMB
Nabil Bank

काठमाडौं । नेकपा अध्यक्षद्धय माधव कुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डले बैतडीकी किशोरी भागरथी भट्टका हत्यारालाई तुरुन्त पक्राउ गरि कारवाही गर्न सरकारसँग माग गरेका छन् । अध्यक्षद्धयले शनिबार विज्ञप्ति निकाल्दै किशोरीको विभत्स हत्यामा संलग्नहरुलाई तत्काल पक्राउ गरि कडा भन्दा कडा कानुनी कारवाही गर्न सरकारसँग अनुरोध गरेका हुन् ।

कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरण जस्तै भट्ट प्रकरणलाई नबनाउन पनि अध्यक्षद्धयले सरकारको ध्यानाकर्षण गराएका छन् । बैतडीको दोगडाकेदार गाउँपालिका ७ (कतोला) चडेपानीस्थित सनातल धर्म माबिमा कक्षा १२ मा अध्ययनरत १७ वर्षीया भागरथी भट्टको बुधबार बलात्कारपछि हत्या भएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

GBIME

प्रतिक्रिया दिनुहोस्