Shikhar Insurance

हिमताल फुट्दा धौलीगङ्गा नदीमा बाढी, जलविद्युत् आयोजनाका एक सय ५० मजदुर वेपत्ता

सिंहदरबार संवाददाता
२०७७ माघ २५, आईतवार १५:२३
NIMB
Nabil Bank

काठमाडौं । भारतको उत्तराखण्डमा हिमताल फुटेर ठूलो बाढी गएको छ । चमोली जिल्लाको जोशीमठमा हिमताल फुट्दा धौलीगङ्गा नदीमा बाढी आएको बीबीसी हिन्दीले जनाएको छ ।

हिमताल फुटेपछिको नदीमा आएको बाढी विभिन्न गाउँमा पसेको र घरहरूमा क्षति गरेको खबरमा उल्लेख छ । हिमताल फुटेको सूचना पाएपछि प्रहरीसहित जिल्ला प्रशासन कार्यालयको टोली घटनास्थलतर्फ गएको बीबीसीले जनाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

हिमताल विस्फोटपछि आएको बाढीले ऋषि गङ्गा जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको आशङ्का गरिएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार यस आयोजनामा काम गरिरहेका एक सय ५० मजदुर हराइरहेका समाचारमा उल्लेख गरिएको छ ।

यस नदी आसपासका गाउँका मानिसहरुलाई त्यहाँबाट अन्यत्रै सारिँदै गरेको बीबीसीले जनाएको छ । उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावत घटना स्थलतर्फ गएको बताइएको छ । उनले ट्वीट गर्दै अफवाह नफैलाउन ध्यान दिँदै पुरानो भिडियो शेयर नगर्न आग्रह गरेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्