Shikhar Insurance

नेप्सेमा दोहोरो रेकर्डः कारोबार रकम दश अर्ब नाघ्यो, परिसूचक २५२४ माथि

सिंहदरबार संवाददाता
२०७७ माघ २५, आईतवार १७:३२
NIMB
Nabil Bank

काठमाडौं । आइतबार सेयर बजारमा दुई वटा रेकर्ड कायम भएका छन् । नेप्से परिसूचक ४८.९७ अंकले बढेर २५२४.२३ अंक पुगेको छ । त्यस्तै, कारोबार रकम पनि १० अर्ब ४४ करोड १९ लाख ५१ हजार ४ सय ४ रुपैयाँ पुगेको छ । आइतबार २०२ कम्पनीको एक करोड ७७ लाख ३६ हजार ७ सय ३४ कित्ता सेयर किनबेच भएको छ । हिमालयन डिष्टिलरीको ५३ करोड, नेपाल इन्स्योरेन्सको ३१ करोड, शिखर इन्स्योरन्सको ३१ करोड, ग्लोबल आईएमई बैंकको २९ करोड तथा छिमेक लघुवित्त वित्तिय संस्थाको २६ करोड रुपैयाँ बराबरका सेयर किनबेच भएका छन् । आइतबार १२६ कम्पनीको मूल्य बढ्दा ३६ कम्पनीको घट्यो भने १२ वटाको मूल्य स्थिर रह्यो ।

तीन दर्जन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा ८ वटा कम्पनीहरुको सेयर मूल्य १० प्रतिशतले बढेका छ । र तिमध्ये अधिकांश लघुवित्त कम्पनी रहेका छन् । १० प्रतिशतले मूल्य बढ्ने कम्पनीहरुमा सारथी, नागरिक लगानी कोेष, मेरो माइक्रोफाइनान्स, डिप्रोक्स लघुवित्त, आरएसडिसी लघुवित्त, गणपती माइक्रोफाइनान्स, निर्धन उत्थान लघुवित्त, मेरो माइक्रो फाइनान्स, समिट लघुवित्त, आरम्भ चौतारी लघुवित्त, सपोर्ट माइक्रो फाइनान्स र मिथिला लघुवित्त छन् ।

Citizen Life
Kumar Bank

त्यस्तै, उन्नती सुरक्षा लघुवित्त, सुर्योदय लघुवित्त, माहुली सामुदायिक लघुवित्त, एनएमबि माइक्रो फाइनान्स, किसान लघुवित्त, इन्फिनिटी लघुवित्त, सामुदायिक लघुवित्त, सिभिल लघुवित्त, ग्रामिण विकास लघुवित्त, विजय लघुवित्त र फर्स्ट माइक्रोफाइनान्सको सेयर मूल्य पनि झण्डै १० प्रतिशतले बढेको छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्