Shikhar Insurance

सानिमा लाइफको बीमा शुल्क अर्ब नजिक, आइपीओ कहिले ?

सिंहदरबार संवाददाता
२०७७ माघ २६, सोमबार ०९:२९
NIMB
Nabil Bank

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको बीमा शुल्क अर्ब नजिक पुगेको छ । कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्त अवधीमा आफ्नो बीमा शुल्क १३४.७७ प्रतिशतले बढाएर ९५ करोड ६३ लाख पुर्याएको हो । गत आवको सोही अवधीमा त्यस्तो बीमा शुल्क ४० करोड ७३ लाख ४८ हजार रुपैयाँ रहेको थियो ।

पुस मसान्त अवधीमा सानिमाले ५ करोड ५४ लाख ९१ हजार रुपैयाँ खुद नाफा आर्जन गरकेो छ । गत आवको यसै अवधिमा ३ करोड ५१ लाख ७८ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । यद्यपी यो नाफा बीमांकीय मूल्यांकन अघिको हो । १ अर्ब ४० करोड रुपैयाँ चुक्ता पृुँजी रहेको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ७.९३ रुपैयाँ छ । जगेडा कोषमा १७ करोड १९ लाख ४६ हजार रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ ११२.२८ रुपैयाँ छ ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीको बीमा कोषमा १ अर्ब ६३ करोड ७ लाख रुपैयाँको छ भने महाविपत्ति कोषमा १ करोड १० लाखबाट १ करोड ८९ लाख रुपैयाँ छ । कम्पनीले हालसम्म ३५ हजार ८२४ वटा बीमलेख जारी गरेको छ भने त्यस वापत २ अर्ब ६९ करोड १८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । कम्पनीले ५३ वटा दाबी वापत १ करोड ९३ लाख ५८ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ । कम्पनीले सर्वसाधारणमा जारी पूँजीको ३० प्रतिशत अर्थात ६० करोड शेयर जारी गर्ने प्रकृया अघि बढाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्