Shikhar Insurance

स्वावलम्बन लघुवित्त वित्तिय संस्थाका कर्मचारी आमरण अनसनमा

सिंहदरबार संवाददाता
२०७७ माघ २६, सोमबार १३:०७
NIMB
Nabil Bank

काठमाडौं । कर्मचारी हकहितका माग अघि सार्दै लामो समयदेखि आन्दोलनमा रहेका स्वावलम्बन लघुवित्त वित्तिय संस्थाका कर्मचारीले आमरण अनसन थालेका छन् । कम्पनी व्यवस्थापनले पूर्व प्रतिवद्धता अनुसार आफ्ना माग पुरा नगरेपछि माघ २५ गतेबाट दुई जना कर्मचारीले आमरण अनसन थालेका हुन् । माघ २५ गते अपरान्ह ४ बजेदेखि संस्थाको केन्द्रिय कार्यालय बाहिर अञ्जन कार्की र मोहन उपाध्यायले आमरण अनसन सुरु गरेका हुन् ।

मंसिर ७ गते देखि संस्थाका देशभरका ९ ओटा इलाका कार्यालय र केन्द्रीय कार्यालय बालुवाटार (काठमाडौं)मा कर्मचारीहरु शान्तिपूर्ण धर्ना दिँदै आएका थिए । कर्मचारीहरुले २०७७ श्रावण १ गते मागपत्र पेश गरि आन्दोलनका कार्यक्रम अघि सारेका थिए । कोरोना कालमा कर्मचारी निष्काशन गरेको, लामो समयदेखि ज्यालादारीमा रहेका कर्मचारीलाई स्थायी नगरेको, वैज्ञानिक सरुवा तथा बढुवा प्रणाली कार्यान्वयन नगरेको लगायतका आरोप सहित कर्मचारी आन्दोलनमा उत्रिएका हुन् । संस्थाका सञ्चालकहरुले संस्थाको रकममा घुमफिर तथा मस्ति गरेको आरोप पनि उनीहरुले लगाएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीमा नविल बैंक र हिमालयन बैंक संस्थागत लगानीकर्ताका रुपमा रहेका छन् । कर्मचारीहरुले आफ्नो आन्दोलनबारे नेपाल राष्ट्र बैंकमा पनि जानकारी गराईसकेको बताएका छन् । त्यस बाहेक बिभिन्न ट्रेड युनियनहरुलाई समेत जानकारी गराईसकेको बताएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्