Shikhar Insurance

३१.५८ प्रतिशत लाभांश पास गर्न फरवार्ड माइक्रोफाइनान्सले बोलायो फागुन २१ गते साधारण सभा

सिंहदरबार संवाददाता
२०७७ माघ २६, सोमबार १३:२६
NIMB
Nabil Bank

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन २१ गते ८ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको माघ २५ गतेको सञ्चालक समितिले सभाको मिति तय गरेको हो । नेपाल स्टक एक्सचेञ्ज मार्फत सार्वजनिक सुचनामा विहान ११ बजे सभा गर्ने भनिएपनि स्थान भने खुलाईएको छैन् । कम्पनीले साधारण सभा प्रयोजनका लागि फागुन ५ गते एक दिन बुक क्लोज गर्ने जानकारी दिएको छ ।

बुक क्लोजको आधारमा फागुन ५ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । यस वर्ष कम्पनीले कुल ३१ दशमलव ५८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको पुस २२ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६÷७७ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा २५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत गरी ६ दशमलव ५८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश समेत सभाले पारित गर्नेछ । हाल कम्पनीको चुक्तापूँजी रू. ५० करोड ४ लाख १५ हजार छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश प्रस्ताव गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्