Shikhar Insurance

विदेशीने नेपाली ७७ प्रतिशतले घटे, नेपाल आउने रेमिटेन्स ११ प्रतिशतले बढ्यो, कसरी ?

सिंहदरबार संवाददाता
२०७७ माघ २६, सोमबार १९:५४
NIMB
Nabil Bank

काठमाडौं । रोजगारीका लागि विदेशीने नेपालीहरुको संख्यामा ठूलो मात्रामा घटेको छ । तर विदेशमा रहेका नेपालीहरुले वैधानिक माध्यमबाट पठाउने रेमिटेन्समा भने वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा रेमिटेन्स ११.१ प्रतिशतले बढेको छ ।

६ महिनाको तथ्यांक अनुसार पुस मसान्त अवधीसम्ममा विदेशमा काम गर्ने नेपालीहरुले ४ खर्ब ९४ अर्ब ३१ करोड रुपैयाँ वैधानिक माध्यमबाटै नेपाल पठाएका छन् । त्यस्तो रकम गत आर्थिक वर्षको सोही अवधीमा जम्मा ०.६ प्रतिशतले मात्रै बढेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

तर यहि अवधीमा विदेशीने नेपालीहरुको तथ्यांकमा भने भारी गिरावट आएको छ । चालु आवको पुस मसान्त अवधीमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ७७.६ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १७.७ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६८.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ०.५ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा नेपाल आउने रेमिटेन्स ६.७ प्रतिशतले वृद्धि भई ४ अर्ब १९ करोड पुगेकोछ । अघिल्लो वर्ष यस्तो रकम जम्मा ०.९ प्रतिशतले बढेको थियो । यो अवधिमा खुद ट्रान्सफर ८.९ प्रतिशतले वृद्धि भई ५४९ अर्ब ५१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ०.४ प्रतिशतले घटेको थियो ।

कसरी सम्भव भयो ?
नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले हुण्डी कारोबार निरुत्साहित भएकाले रेमिटेन्स बढेको बताए । ‘कोरोना महामारीपछि हुण्डी कारोबार निरुत्साहित भएको छ, त्यसले गर्दा विदेशीने नेपालीको संख्या घटे पनि रेमिटेन्स भने बढेको हो’, राष्ट्र बैंक अनुसन्धान विभागका प्रमुख समेत रहेका प्रवक्ता डा. भट्टले सिंहदरबारसँग भने ।

GBIME

प्रतिक्रिया दिनुहोस्