Shikhar Insurance

कामना सेवा विकास बैंकको ऋणपत्र बेच्ने समय थपियो

सिंहदरबार संवाददाता
२०७७ माघ २६, सोमबार २०:०७
NIMB
Nabil Bank

काठमाडौं । माघ २२ गतेदेखि सार्वजनिक निष्कासनमा आएको कामना सेवा विकास बैंकको ऋणपत्र फागुन ६ गतेसम्म विक्रीमा रहने भएको छ । विक्री खुलाको छिटो अवधि माघ २६ गतेसम्म माग बमोजिम आवेदन नपरेकाले ढिलो अवधिसम्म विक्री खुला गर्न लागिएको कम्पनीले जानकारी दिएको हो ।

कम्पनीले प्रति ऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यमा ९ प्रतिशत ब्याजदर भएको १० वर्षे अवधिको १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र विक्री खुला गरेको हो । कुल कित्तामध्ये ६० करोड बराबरको ६ लाख कित्ता बैंक आफैले व्यक्तिगत तवरबाट विभिन्न संघ संस्थाहरुलाई विक्री गर्नेछ भने ४० करोड बराबरको ४ लाख कित्ता भने सर्बसाधारणमा विक्री गर्नेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

सर्वसाधारणका लागि छुट्याएको मध्य ५ प्रतिशत अर्थात २० हजार कित्ता शेयर सामूहिक लगानीकोषमा बाँडफाँट गरिसकेको बैंकले जानकारी दिएको छ । सामूहिक लगानीकोषलाई बाँडफाँटपश्चात बाँकी ३ लाख ८० हजार कित्ता सार्वजनिक निष्कासनमा आएको हो । यो ऋणपत्र खरिदका लागि न्यूनतम २५ देखि अधिकतम २० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यो ऋणपत्र विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सकिनेछ । साथै मेरो शेयर एपमार्फत पनि घरमै बसेर आवेदन दिन सकिने व्यवस्था छ । यो ऋणपत्रलाई केयर रेटिङ्ग नेपालले मध्यम जोखिम रहेको संकेत गर्ने केयर आरआर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्