Shikhar Insurance

सिटिजन लाइफ इन्स्योरेन्सको लोभलाग्दो प्रगति, आइपीओ यसै पाली

सिंहदरबार संवाददाता
२०७७ माघ २६, सोमबार २०:५९
NIMB
Nabil Bank

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा लोभ लाग्दो प्रगति गरेको छ । यसैपाली आईपीओ ल्याउने तयारी अन्तिम चरणमा पुर्याएको सिटिजनले बीमा कोष १३० प्रतिशतले वृद्धि गरेको छ ।

अघिल्लो आर्थिक वर्षको पहिलो ६ महिनामा १ अर्व ४ करोड रुपैयाँ बीमा कोषमा रहेको कम्पनीमा अहिले सोही कोषमा २ अर्व ३९ करोड ८१ लाख रुपैयाँ रहेको छ । कम्पनीको बीमा शुल्क पनि पुस मसान्त अवधीमा १ अर्ब ४० करोड रुपैयाँ पुगेको छ । जुन गत आवको सोही अवधीमा जम्मा ८० करोड ८८ लाख रुपैयाँ मात्रै थियो । अर्थात कम्पनीको बीमा शुल्क आर्जन ७३ प्रतिशतले बढेको देखिन्छ ।

Citizen Life
Kumar Bank
Nepal Life

सिटिजनका जगेडा तथा कोषमा ७२ करोड रुपैयाँ छ जुन अघिल्लो आवको सोही अवधीमा ४२ करोड मात्रै थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्