Shikhar Insurance

हुण्डाईको एक्सचेञ्ज अफर सुरु, नगद छुट पाइने

सिंहदरबार संवाददाता
२०७७ माघ २६, सोमबार २१:०६
NIMB
Nabil Bank

काठमाडौं । नेपालका लागि हुण्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले माघ २६गतेदेखि हुण्डाई एक्सचेञ्ज योजना शुरु गरेको छ । कम्पनीले सोमबारदेखि २०७७ फागुन २ गतेसम्म हुण्डाई एक्सचेञ्ज योजना सञ्चालनमा ल्याएको हो । योजनामा एक्सचेन्ज् गर्नुका साथै उच्चत्तम मुल्याङ्कन, आकर्षक नगद छुट, १५ हजार बरावरको लोयल्टी बोनस र १ लाख ४० हजारसम्मको एक्सचेन्ज् बोनसका साथै ६ वर्षको फ्री सर्भिस र ३ वर्षको वारेन्टी उपलब्ध छन् ।

लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रवन्धक (सेल्स र मर्केटिङ) रुपेश शर्मा भट्टका अनुसार ग्राहकहरुलाई सधै उत्कृष्ट सुबिधा प्रदान गर्न लक्ष्मी हुण्डाई तल्लीन रहेको छ । यस देशव्यापी कार्यक्रमले पनि ग्राहकहरुलाई उत्कृष्ट एक्सचेञ्ज योजना र आफ्नो सवारी साधन अभिवृद्धि गर्ने सुवर्ण अवसर प्रदान गर्नेछ । हुण्डाई एक्सचेञ्ज योजना नेपालको सम्पूर्ण डिलर नेटवर्कमा उपलव्ध छ ।

Citizen Life
Kumar Bank
Nepal Life

ग्राहकहरुको सुविधाको लागि विभिन्न कार्यक्रम र योजना आयोजना गरिरहने लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले बर्ष भरि नै आफ्नो ग्राहकको सुविधाको लागि यस्ता योजनाहरु र एक्सचेञ्ज क्याम्पलाई निरन्तरता दिंदै आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्