Shikhar Insurance

आरती राणा बनिन सनराइज बैंकको डेपुटी सिइओ

सिंहदरबार संवाददाता
२०७७ माघ २६, सोमबार २१:१३
NIMB
Nabil Bank

काठमाडौं । सनराइज बैंकको डेपुटी सिइओमा आरती राणा नियुक्त भएकी छिन् । सोमबार बसेको सञ्चालक समिति बैठकले राणालई डेपुटी सिईओ नियुक्त गरेको हो । उनी बढुवा भएर नायव प्रमुख कार्यकारी अधिकृत(डेपुटी सिइओ) बनेकी हुन् ।

विगत १९ वर्षदेखि बैंकिङ क्षेत्रमा कार्यरत रहेकी राणा २०७६ कात्तिकमा सनराइज बैंकको नायब महाप्रबन्धकको रुपमा प्रवेश गरेकी थिइन् । एसआइबिएम कलेज(भारतकोे पुने)बाट एमबिए गरेकी राणाले सन् २००२ मा एभरेष्ट बैंकको म्यानेजमेन्ट ट्रेनीका रुपमा आफ्नो बैंकिङ करियर सुरु गरेकी हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

एभरेष्ट बैंकमा पाँच वर्ष कार्य गरे पछि ग्लोबल आइएमइ बैंकमा डेपुटी म्यानेजरका रुपमा प्रवेश गरेकी र १२ वर्ष उक्त बैंकमा काम गरेकी थिइन् । राणाले बैकले आफू प्रति गरेको विश्वासलाई कदर गर्दै आगामी दिनमा बैंकलाई अझै उचाईमा पुर्याउन लागि पर्ने प्रतिबद्धता जनाइन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्