Shikhar Insurance

नेपाल बङ्गलादेश बैंकले पनि सुरु गर्यो कृषि कार्ड, यस्ता छन् किसानलाई सुबिधा

सिंहदरबार संवाददाता
२०७७ माघ २६, सोमबार २१:१९
NIMB
Nabil Bank

काठमाडौं । नेपाल बङ्गलादेश बैंकले कृषि लोन कार्ड योजना शुरु गरेको छ । मकवानपुरगढी गाउँपालिका स्थित कृषकहरुले पशुपालन, पन्छिपालन तथा तरकारी–फलफुल उत्पादन मुलक कृषि व्यवसाय÷उद्यम गर्नका निमित्त आवश्यक वित्तिय, प्रावधिक, बजार व्यवस्थापन तथा विभिन्न भुमिका समन्वय गरी साना स्तरका कृषकलाई व्यवसायीक कृषिमा व्यवस्थीत गर्ने उद्देश्यले उक्त योजना शुरु गरिएको हो ।

नेपाल बङ्गलादेश बैंक, आरएण्डडि इनोभेटिभ सोलुसन प्रालि, मकवानपुरगढि गाउँपालिका र मकवानपुरगढि गाउँपालिका सहकारी समान्वय समितिबीच सहकार्य गरी किसान कृषि लोन कार्डको योजना ल्याएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

उक्त सम्झौतामा नेपाल बङ्गलादेश बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रभूषण श्रेष्ठ र सहायक महाप्रबन्धक सलोनिका सिंह, आर एण्ड डि इनोभेटिभ सोलुसन प्रालिको तर्फबाट सुनिता न्हेम्हाफुकी, मकवानपुरगढि गाँउपालिकाको तर्फबाट गाँउपालिका अध्यक्ष विदुर हुृमागाई र मकवानपुरगढि गाउँपालिका सहकारी समान्वय समितिका सहसंयोजक कल्पना श्रेष्ठले हस्ताक्षर गरे ।

हालसम्म बैंकले ९९ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ८२ वटा एटीएमबाट बैंकिङ्ग सेवा दिँदै आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्