Shikhar Insurance

गुराँस लाइफ इन्स्योरेन्सको सेयर कारोबार अनिश्चित कालका लागि रोक्का

सिंहदरबार संवाददाता
२०७७ माघ २६, सोमबार २१:३५
NIMB
Nabil Bank

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको सेयर कारोबार अनिश्चित कालका लागि रोक्का गरेको छ । आर्थिक वर्ष २०७५।७६ को वित्तिय विवरण नेपाल धितोपत्र बोर्डमा पेश नगरेपछि बोर्डकै निर्देशन अनुसार गुराँसको सेयर कारोबार नेप्सेले रोकेको हो ।

धितोपत्र बोर्डले समयमै साधारण सभा नगर्ने कम्पनीहरुको सेयर कारोबार रोक्का गर्ने चेतावनी दिएको थियो । सोही चेतावनी अनुसार गुराँसको सेयर कारोबार रोक्का गरिएको हो । नेप्सेको २५ गते बसेको सञ्चालक समिति बैठकले गुराँसको सेयर कारोबार रोक्ने निर्णय गरेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

गुराँस लाइफले हालसम्म २ अर्ब चुक्ता पुँजी पनि पुर्याउन सकेको छैन् । पुँजी पुर्याउन नसकेपछि बीमा समितिले पनि गुराँसलाई कारवाही गर्ने चेतावनी दिईसकेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्