Shikhar Insurance

ग्रीन लाइफको आईपीओ भर्ने आज अन्तिम दिन

सिंहदरबार संवाददाता
२०७७ माघ २७, मंगलवार ०८:३६
NIMB
Nabil Bank

काठमाडौं । ग्रीन लाइफ हाइड्रोपावर लिमिटेडको आईपीओ भर्न आज अन्तिम दिन हो । हिजोसम्म ग्रीन लाइफको आईपीओमा १० लाख ९१ हजार २ सय५१ वटा आवेदन परिसकेको छ । कम्पनीले माघ २३ गतेदेखि आईपीओ निष्काशन गरेको थियो ।

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यको ३४ लाख ९६ हजार ४०० कित्ता शेयर विक्री खुला गरेको थियो । यस अघि आयोजना प्रभावित स्थानियलाई आईपीओ विक्री खुला गर्दा वितरण हुन नसकेको १६ लाख ८६ हजार ४०० कित्ता शेयर समेत जोडेर कम्पनीले सर्वसाधारणमा शेयर जारी गरेको हो । कुल कित्तामध्य १ लाख ७४ हजार ८२० कित्ता शेयर सामूहिक लगानीकोषको लागि र ६९ हजार ९२८ कित्ता शेयर कम्पनीका कर्मचारीमा बाँडफाँट गरी बाँकी ३२ लाख ५१ हजार ६५२ कित्ता शेयर सर्वसाधारणमा सार्वजनिक निष्कासनमा आएको हो । यो आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ । कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपी बी प्लस (आइएस) रेटिङ प्रदान गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ४४ करोड रहेको छ । सर्वसाधारणलाई पनि शेयर विक्री गरेपछि कम्पनीको चुक्तापूँजी १ अर्ब ८० करोड पुग्नेछ । कम्पनीको अधिकृत पूँजी २ अर्ब ५० करोड रहेको छ । यस कम्पनीले खानीखोला १ जलविद्युत आयोजना सञ्चालक गरिरहेको छ । नयाँ आयोजना निर्माणको क्रममा कम्पनीले दोलखाजिल्लामा ४० मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनाबाट २०७८ वैशाख देखि विद्युतको व्यापारिक उत्पादन प्रारम्भ गर्ने योजना कम्पनीको रहेको छ ।

सिडीएससीका अनुसार सोमबार कार्यालय समय सकिँदासम्म ग्रीन लाईफको आईपीओमा एक करोड ९८ लाख ७१ हजार कित्ताका लागि एक अर्ब ९८ करोड ६१ लख ७१ हजार रुपैयाँ बराबरको आवेदन परेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्