Shikhar Insurance

वाणिज्य बैंकहरुको आक्रामक रफ्तारः ८ अर्ब निक्षेप बढाएर ५२ अर्ब कर्जा

सिंहदरबार संवाददाता
२०७७ माघ २७, मंगलवार ०९:१५
NIMB
Nabil Bank

काठमाडौं । कोरोना महामारीपछि अर्थतन्त्रले विस्तारै लय समाउँदै जान थालेपछि वाणिज्य बैंकहरु व्यवसाय विस्तारमा आक्रामक देखिएका छन् । २७ वाणिज्य बैंकहरुले तीन साताकै अवधीमा ५२ अर्ब कर्जा प्रवाह गरेका छन् जबकी सोही अवधीमा निक्षेप भने जम्मा ८ अबरु रुपैयाँले मात्रै बढेको छ ।

माघ २ गतेसम्म ३२ खर्ब ३६ अर्ब रुपैयाँ कर्जा लगानी गरेका वाणिज्य बैंकहरुले माघ २३ आईपुग्दा त्यस्तो लगानीलाई ३२ खर्ब ८८ अर्ब रुपैयाँ पुर्याएका छन् । अर्थात २१ दिनकै बीचमा बैंकहरुले ५२ अर्ब रुपैयाँ कर्जा वृद्धि गरेका हुन् । बैंकहरुले दैनिक औषतमा २.४७ अर्बका दरले कर्जा लगानी गरेका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

तर सोही २१ दिनको अवधीमा निक्षेप भने जम्मा ८ अर्ब रुपैयाँले मात्रै बढेको देखिन्छ । माघ २ गते बैंकहरुको निक्षेप ३६ खर्ब ७५ अर्ब थियो र माघ २३ गते आईपुग्दा ३६ खर्ब ८३ अर्ब रुपैयाँ मात्रै पुगेको छ ।

माघ १६ देखि ३ गतेको ७ दिन भित्र बैंकहरुले २० अबरु रुपैयाँ कर्जा विस्तार गरेको देखिन्छ । जबकी सोही अवधीमा निक्षेप भने जम्मा ४ अर्ब रुपैयाँले मात्रै बढेको देखिन्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्