Shikhar Insurance

कान्छो जीवन बीमा कम्पनी तेश्रो वर्षमा, दुई वर्षमा कति भयो प्रगति ?

सिंहदरबार संवाददाता
२०७७ माघ २७, मंगलवार ०९:४२
NIMB
Nabil Bank

काठमाडौं । कान्छो जीवन बीमा कम्पनी अर्थात महालक्ष्मी लाइफ इन्स्योरेन्सले स्थापनाको दुई वर्ष पुरा गरि तेश्रो वर्षमा लागेको छ । २०७५ माघ २ गतेबाट कारोबार प्रारम्भ गरेको महालक्ष्मी लाइफले ६२ वटा शाखा/उपशाखा, १६ हजार एक सय ९० अभिकर्ता मार्फत आफ्ना ९ वटा बीमा पोलिसी बेचिरहेको छ ।

कम्पनीले हालसम्म एक अर्ब ६५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ भने २ अबए ५६ करोड रुपैयाँ लगानी गरिसकेको छ । कम्पनीका बीमितहरुले न्युनतम ५० रुपैयाँ बोनस प्राप्त गरिरहेका छन् ।
कम्पनीले दोश्रो बार्षिकोत्सवकै अवसर पारेर महालक्ष्मी धनधान्य नामको नयाँ पोलिसी पनि सार्वजनिक गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीले चालु आर्थिक वर्षभित्रै ६० करोड रुपैयाँ मूल्यको आईपीओ जारी गर्ने तयारी अघि बढाएको प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले बताए । कम्पनीले ग्रामिण क्षेत्रसम्म व्यवसाय विस्तार, गुणात्मक बीमा कारोबार र एक घर एक बीमाको योजनासहित आफ्ना व्यवसायीक अभियान चलाउने पनि भट्टराईले बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्