Shikhar Insurance

एभरेष्ट इन्स्योरेन्सको नाफा ७ करोड ४२ लाख, अरु सूचक कस्ता ?

सिंहदरबार संवाददाता
२०७७ माघ २७, मंगलवार १२:३४
NIMB
Nabil Bank

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको पुस मसान्त अवधीमा ७ करोड ४२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । कम्पनीले गत आवको सोही अवधीको तुलनामा ३०.४४ प्रतिशले बढि हो । गत आवको पुस मसान्तमा कम्पनीले ५ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको थियो । पुुस मसान्त अवधीमा एभरेष्टको खुद बिमा शुल्क १५.६७ प्रतिशतले घटेर १९ करोड ४० लाख रुपैयाँमा झरेको छ ।

गत वर्ष कम्पनीले खुद बिमा शुल्कबाट २३ करोड रुपैयाँ आर्जन गरेको थियो । यता, कम्पनीको बिमा कोष भने ४२.२८ प्रतिशतले बढेर ३६ करोड ३८ लाख रुपैयाँ पुगेको छ । गत वर्ष यसको बिमा कोषमा २५ करोड ५७ लाख रुपैयाँ थियो ।हाल यस इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ९ करोड ५९ लाख ३० हजार रुपैयाँ छ । जगेडा कोषमा भने ३१ करोड १७ लाख रुपैयाँ छ ।

Citizen Life
Kumar Bank
Nepal Life

पुस मसान्तसम्म आइपुग्दा कम्पनीले ४० करोड ७८ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । भुक्तानी हुन बाँकी रकम ९४ करोड ४८ लाख रुपैयाँ छ । एभरेष्टको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ५५ पैसा वार्षिक र प्रतिशेयर नेटवर्थ १६१ रुपैयाँ ६५ पैसा छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्