Shikhar Insurance

विदेशी लगानी ल्याउन राष्ट्र बैैंकको पूर्व स्वीकृति अनिवार्य नपर्ने

सिंहदरबार संवाददाता
२०७७ माघ २७, मंगलवार १३:४२
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी लगानी भित्र्याउने कम्पनीहरुलाई पुर्वस्वीकृति दिनै पर्ने व्यवस्था संसोधन गर्न लागेको छ । राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले विदेशी लगानी भित्र्याउँदा राष्ट्र बैंकको पूर्व स्वीकृति अनिवार्य लिनुपर्ने व्यवस्था संसोधन गर्न लागेको हो ।

“विदेशी लगानीकर्ताले विदेशी लगानी स्वीकृत गर्ने निकायबाट विदेशी लगानीको स्वीकृति प्राप्त गरे पश्चात सो वापतको विदेशी मुद्रा नेपाल पठाउन वा भित्र्याउन राष्ट्र बैंकबाट पूर्व स्वीकृति लिनुपर्ने छैन्,” राष्ट्र बैंकले प्रस्ताव गरेको छ ।

Citizen Life
Kumar Bank

राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक बम बहादुर मिश्रले उद्योग विभाग वा लगानी बोर्डबाट लगानी स्वीकृत भएपछि राष्ट्र बैंकको पूर्व स्वीकृति आवश्यक नपर्ने व्यवस्था गर्न लागिएको बताए ।

लगानी भित्र्याएपछि भने राष्ट्र बैंकले तोकेको ढाँचामा विवरण बुझाउनुपर्नेछ ।

प्रस्तावित व्यवस्थामाथि राष्ट्र बैंकले सुझाव पनि मागेको छ । नयाँ व्यवस्था कार्यान्वयनमा आएपछि विदेशी लगानी भित्र्याउँदा अनुमति लिनुपर्ने एउटा निकाय घट्ने पनि उनले बताए ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्