Shikhar Insurance

पौड्यालले पदबाट राजीनामा, सनराइज बैंकको नायव प्रमुख कार्यकारीमा राणा

सिंहदरबार संवाददाता
२०७७ माघ २७, मंगलवार १७:२३
NIMB
Nabil Bank

काठमाडौं । सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले पदबाट राजीनामा दिएका छन् । बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी संहालेको १९ महिनामै उनले पदबाट राजीनामा दिएका हुन् । लामो समय बैंक सञ्चालक र व्यवस्थापनबीच बिवाद रहदै आएको सनराइज बैंकका सीईओ पौड्यालले मंगलबार सञ्चालक समितिका अध्यक्ष समक्ष राजीनामा बुझाएका छन् ।

पौड्यालको राजीनामा आजै बस्ने बैंक संचालक समितिले स्वीकृत गर्ने बताइएको छ। शर्मालाई २०७६ असारमा प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको थियो । चार वर्षको कार्यकाल भएपनि संचालक समितिमा विवाद बढेपछि शर्मा १९ महिनामा नै बाहिरिएका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

सीईओ शर्मा ४ वर्षका लागि नियुक्त भएका थिए । उनले बाँकी समयको सेवा सुविधा समेत पाउने गरी राजीनामा दिएका हुन् ।

संचालक समितिसँगको विवादका कारण पौडयालले राजिनामा दिएको बताइन्छ । शर्मा प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएको केहि समय पछिबाटनै संचालक समितिसँग पौडयालको विवाद सुरु भएको थियो । केहि समय पहिले मात्र बैंकको संचालक समिति र व्यवस्थापनबीचको विवाद उत्कर्षमा पुगेर नेपाल राष्ट्र बैंकसम्म पनि पुगेको थियो ।

पदबाट राजीनामा गर्नुअघि गत सोमबार हिजो मात्रै शर्माले आरती राणालाई नायव प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्