Shikhar Insurance

“आफ्नै प्यारो नेता माधव नेपाल” भन्दै, माधव-प्रचण्ड समुहमा फर्किइन समिना

सिंहदरबार संवाददाता
२०७७ माघ २७, मंगलवार १८:१२
NIMB
Nabil Bank

रौतहट । प्रतिनिधिसभा सदस्य तथा नेकपा रौतहट नेत्रि समिना हुसेन केपि रामवहादुर गुट छोडेर माधव-प्रचण्ड समुहमा फर्किएकी छिन् ।

आज दिउँसो एक प्रेस विज्ञप्ती जारी गदै समिनाले उक्त घोषणा गरेकि हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

यस्तो छ समिनाले जारीगरेको विज्ञप्तीः

मितिः २०७७ माघ २७
विज्ञप्ती

प्रधानमन्त्री केपी शर्मा ओलीले गैरसंबैधानिक ढंगबाट प्रतिनिधिसभा विघटन जस्तो प्रतिगमनकारी
कदम चलाएपछि सिङ्गो राष्ट्र, संविधान र लोकतन्त्रको रक्षाका लागि आन्दोलनमा होमिएको छ। केपी
ओली गुटले विभिन्न भ्रम सिर्जना गरी म जस्ता कार्यकर्तालाई विभिन्न कार्यक्रममा सहभागि गराउने
षड्यन्त्र गरिरहेका छन्।

म नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का सम्पूर्ण नेता, कार्यकर्ता, मुस्लिम समुदाय,
मधेसी समुदाय, महिला र विशेषगरी प्रदेश नं २ र रौतहटबासी सम्पूर्ण श्रमजीवि जनताहरुमा
निर्धक्कसँग सबैखाले भ्रम चिर्दै केपी ओलीको असंवैधानिक, अलोकतान्त्रिक कदमका विरुद्धमा
चालिएको आन्दोलनहरुमा सहभागी हुन र सत्ताको कुनै पनि प्रकारको प्रलोभनमा नफस्न हार्दिक
अनुरोध गर्दछु।

समिना हुसेन
प्रतिनिधिसभा सदस्य
रौतहट

GBIME

प्रतिक्रिया दिनुहोस्