Shikhar Insurance

उद्योगलाई प्रतिस्पर्धी बनाई रोजगारी वृद्धि गर्न सरकार-निजी क्षेत्र सहकार्य आवश्यकः अध्यक्ष मोर

सिंहदरबार संवाददाता
२०७७ माघ २७, मंगलवार १८:५५
NIMB
Nabil Bank

काठमाडौं । नेपाल उद्योग परिसंघका पदाधिकारीहरुले आज मुख्यसचिव शंकरदास वैरागीलाई सिंहदरवारमा भेट गरी औद्योगिक विस्तारबाट रोजगारी सृजना गर्ने सम्बन्धमा छलफल गरेका छन् । छलफलमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले विभिन्न क्षेत्रका उद्योगहरुले नेपालको कुल ग्राहस्थ उत्पादनमा पु¥याएको योगदानलाई उजागर गर्दै उत्पादनमूलक उद्योगहरुको क्षमता विकास र प्रतिस्पर्धी बनाई स्वदेशमानै रोजगारी सृजना गर्न नेपाल सरकारले सहज वातावरण तयार गर्नु पर्ने बताए ।

अध्यक्ष मोरले नेपालको युवाशक्तिहरु विदेशमा गएर रोजगारी गर्नु पर्ने बाध्यतालाई न्यूनीकरण गर्दै विदेशमा रहेका युवाहरुलाई पनि स्वदेशमानै अवसर प्रदान गर्नको लागि दीर्घकालिन लक्ष्यहरु तय गरी सरकार र निजी क्षेत्र एकैसाथ अगाडी बढ्नु पर्ने धारणा राखे ।

Citizen Life
Kumar Bank
Nepal Life

परिसंघको अनुसन्धान इकाईले अध्ययन गरी तयार गरेको नेपालमा उद्योग दर्ताको स्थिति र त्यसबाट भएको रोजगारी सृजनाका सम्बन्धमा छलफल भएको थियो । छलफलमा नेपालको अर्थतन्त्रलाई माथि उठाउनको लागि आयात प्रतिस्थापन गरी देशलाई आत्मनिर्भर तर्फ उन्मुख गराउन सरकार र निजी क्षेत्रको सहकार्यलाई जोड दिइएको थियो ।

मुख्यसचिव वैरागीले नेपालमा कृषि क्षेत्रलाई प्रधानमन्त्रीबाट उच्च प्राथमिकतामा राखेको सन्दर्भ उल्लेख गर्दै कृषि क्षेत्रमा निजी क्षेत्रले रोजगारी सृजना गर्न सक्ने धारणा राखे । हाल सरकारले कृषि क्षेत्रमा पनि वैदेशिक लगानीलाई खुला गरेकोले यसतर्फ निजी क्षेत्रको ध्यान जानु पर्ने विचार व्यक्त गरे ।

छलफलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव तोयानारायण ज्ञवाली र परिसंघको तर्फबाट वरिष्ठ उपाध्यक्ष विष्णु कुमार अग्रवाल र उपाध्यक्ष अनुज अगरवालको उपस्थिति थियो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्