Shikhar Insurance

निर्वाचन गर्न सरकारले सुनिश्चित गर्यो ७ अर्ब बजेट

सिंहदरबार संवाददाता
२०७७ माघ २७, मंगलवार १९:०९
NIMB
Nabil Bank

काठमाडौं । सरकारले प्रतिनिधी सभाको निर्वाचनका लागि ७ अर्ब रुपैयाँ बजेटको स्रोत सुनिश्चित गरेको छ । अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले निर्वाचन आयोगले मागे बमोजिम ७ अर्ब बजेटका लागि श्रोत सुनिश्चितता गरिएको बताए । “आज मात्रै निर्वाचन प्रयोजनका लागि आयोगले मागे अनुसार ७ अर्ब बजेटको स्रोत सुनिश्चिता गरिएको छ,” अर्थमन्त्री विष्णु पौडेलले बजेटको मध्यावधि समिक्षाका क्रममा भने । उनले आयोग बाहेक अन्य सुरक्षा निकायहरुका लागि पनि आवश्यक बजेटको जोहो गरिने बताए ।

मन्त्री पौडेलले मितव्ययी ढंगले निर्वाचनका कार्यक्रमहरु सम्पन्न गरिने प्रतिवद्धता पनि व्यक्त गरे । सरकारले आगामी बैशाख १७ र २७ गतेका लागि प्रतिनिधी सभाको निर्वाचन मिति घोषणा गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्