Shikhar Insurance

निजी क्षेत्रसँगको सहकार्यमा न्यानोपन चाहिन्छः राजस्व सचिव पुडासैनी

सिंहदरबार संवाददाता
२०७७ माघ २७, मंगलवार १९:४१
NIMB
Nabil Bank

काठमाडौं । सरकार तथा निजी क्षेत्रको सहकार्यवाट नै कोभिडका कारण सिर्जित आर्थिक समस्याबाट पार पाउन सकिने भएकोले सरकारले निजी क्षेत्रसंगको सहकार्यमा न्यानोपन चाहेको राजस्व सचिव रामशरण पुडासैनीले बताएका छन् ।

नेपाल उद्योग परिसंघ सँगको अन्तरक्रियामा ‘परिसंघमा परिचर्चा’ कार्यक्रममा बोल्दै पुडासैनीले उक्त कुरा बताएका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

कार्यक्रमका विशेष अतिथि रहेका राजस्व सचिव रामशरण पुडासैनीले सरकारले निजी क्षेत्रसंगको सहकार्यलाई नविन सोचले अगाडि बढाउन खोजेको बताउँदै अब पहिलेको जस्तो अविश्वासको वातावरण कायम नरहेको समेत उल्लेख गरे ।

भन्सार, राजस्व लगायतका मन्त्रालयसंग सम्बन्धित सम्पूर्ण कार्यहरु सहज तरिकाले सम्पादन भई रहेको जनाउँदै कोहि कसैले उद्योगी व्यवसायीलाई दुःख दिने नियत राखेको भए समेत त्यो लामो समय नरहने उनको भनाई थियो ।

सरकार मुलुकमा औद्योगिक प्रवद्र्धनको लागि खुला रुपले अगाडि आएकोले निजी क्षेत्रले समेत लगानी बढाउँदै लैजान आवश्यक छ । परिसंघले यहाँ उठाएका सबै विषयहरु मननयोग्य छन् यि मध्य कतिपय विषयहरु नेपाल राजस्व परामर्श समितिमा समेत छलफलमा रहेकाले छिटै सम्बोधन हुने छन् उन्ले भने । अर्थमन्त्रालय आगामी आर्थिक वर्षको बजेटको निर्माणमा जुटी सकेकोले तत्काल समाधान गर्न नसकिने विषयहरुलाई बजेट मार्फत समेत सम्बोधन गर्ने मन्त्रालयको प्रयास रहने उनले बताए । परिसंघले मेक इन को अवधारणालाई अभियानको रुपमा अघि बढाउन खोजेकोमा सह्राना गर्दै नेपाल सरकारले यसमा पूर्ण समर्थन गर्ने प्रतिबद्धता समेत जनाए ।

उक्त अन्तरक्रियामा नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोर , भन्सार विभागका महानिर्देशक सुमन दाहाल , आन्तरिक राजस्व विभागका कार्यवाहक महानिर्देशक गजेन्द्र ठाकुर, परिसंघका निवर्तमान अध्यक्ष हरिभक्त शर्मा लगायतका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्