Shikhar Insurance

साढे ३ प्रतिशतले बढ्यो कर्जाको ब्याजदर, औषतमै १२% पुगेकाे दर पछिल्लो महिना थप बढ्दै

सिंहदरबार संवाददाता
२०७९ भाद्र ३१, शुक्रबार १४:३३
NIMB
Nabil Bank

काठमाडौं । वाणिज्य बैंकहरुबाट ऋण लिने ग्राहकलाई ब्याजको भार करिब साढे ३ प्रतिशतले थप भएको छ । गत आर्थिक वर्षको साउन महिनामा वाणिज्य बैंकबाट कर्जा लिने ऋणीलाई ब्याजको भार चालु आवको साउन महिनासम्ममा ३.४६ प्रतिशतले थप भएको हो ।

गत आवको साउनमा वाणिज्य बैंकहरुमा कर्जाको औषत ब्याजदर ८.४८ प्रतिशत थियो । जुन चालु आवको साउन महिनामा आइपुग्दा ११.९४ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । वाणिज्य बैंकहरुको आधारदर (बेसरेट) वृद्धि हुँदा ऋणीलाई औषत कर्जाको ब्याजदर नै दोहोरो अंकमा पुगेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

गत आर्थिक वर्षको साउन महिनामा वाणिज्य बैंकहरुको औषत बेसरेट ६.८६ प्रतिशत कायम थियो । जुन चालु आवको साउन महिनामा आइपुग्दा ९.५४ प्रतिशत कायम भएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । सो अवधिमा औषत बेसरेट नै २.६८ प्रतिशतले वृद्धि भएको हो ।

बैंकहरुले निश्चित तथा र परिवर्तित दुबै ब्याजदरमा कर्जा प्रवाह गर्छन् । परिवर्तित ब्याजदरमा कर्जा लिने ऋणीलाई बेसरेट बढ्दा ब्याजदरको भार समेत थप हुन्छ । यस्तो बेसरेट बैंकहरुले प्रत्येक त्रैमासमा परिवर्तन गर्छन् । परिवर्तित ब्याजदरमा गत वर्षको साउन अगावै कर्जा लिएका ऋणीलाई बेसरेट बढ्दा नै चालु आवको साउन मसान्तसम्म आइपुग्दा ब्याजको भार थप भएको हो ।

गत आवको फागुन महिनादेखि निक्षेपको ब्याजदर चालु आवको भदौ महिनासम्म स्थिर थियो । सो अधिसम्म बैंकहरुले निक्षेपकर्ता आकर्षित गर्ने महिनै पच्छिे ब्याजदर बढाएका थिए । जसले गर्दा खर्च बढ्दा कर्जाको ब्याजदर समेत बढेको हो ।

गत आवको फानुन महिना यता वाणिज्य बैंकहरुले भद्र सहमति गरी निक्षेपको अधिकतम ब्याजदर ११.०३ प्रतिशत नै कायम राखेका थिए । तर, चालु आव लागेपछि रेमिट्यान्स बढ्दा बजारमा नगद प्रवाह बढेको भन्दै असोजदेखि लागूहुने गरी ब्याजदर बढाउने घोषणा गरिसकेका छन् । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले बिहीबार असोज १ गतेदेखि राष्ट्र बैंकको ब्याजदर नीति पालना गर्दै सो अघिको भद्र सहमति तोडिसकेको छ ।

ब्याजदर नबढाउने भद्र सहमति तोडिएसँगै बैंकहरुले असोज १ गतेदेखि व्यक्तिगत मुद्धतीमा १२.१३ प्रतिशत, संस्थागतमा १०.१३ प्रतिशत र रेमिट्यान्स मुद्धतीमा न्यूनतम १३.१३ प्रतिशत ब्याज दिने घोषणा गर्न थालेका छन् । निक्षेपको खर्च सहित स्प्रेड गणना गर्दै बेसरेट निर्धारण गर्छन् । सोही बेसरेटमा बैंकहरुले बेसरेट मै केही प्रतिशत प्रमियम थप गरी कर्जाको ब्याजदर निर्धारण गर्छन् ।

निक्षेपको ब्याजदर बढ्दा बैंकहरुको खर्च बढ्ने हुँदा आगामी महिनामा कर्जा ब्याजदर थप बढ्ने प्रष्ट छ । तर, बेसरेट त्रैमासिक रुपमा परिवर्तन गर्न पाउने व्यवस्था भएपनि एक पटक तय भएको प्रिमियम भने थपघट गर्न मिल्दैन ।

समीक्षा अवधिमा निक्षेपको औषत ब्याजदर समेत २.८८ प्रतिशतले वृद्धि भएको छ । गत बर्षको साउन महिनामा वाणिज्य बैंकहरुमा निक्षेपको औषत ब्याजदर ४.६५ प्रतिशत कायम थियो भने चालु आवको सोही अवधिमा ७.६४ प्रतिशत कायम भएको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

यसैगरी, २०७८ साउनमा ९१–दिने ट्रेजरी बीलको भारित औसत ब्याजदर ०.६६ प्रतिशत रहेकोमा २०७९ साउनमा १०.६४ प्रतिशत रहेको छ । वाणिज्य बैंकहरुबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७८ साउनमा २.१३ प्रतिशत रहेकोमा २०७९ साउनमा ८.०२ प्रतिशत रहेको छ । मौद्रिक नीतिको संचालन लक्ष्यको रुपमा लिइने औसत अन्तर–बैंक ब्याजदर २०७९ साउनमा ८.०५ प्रतिशत रहेको छ । अघिल्लो बर्षको सोही महिनामा यस्तो ब्याजदर २.१८ प्रतिशत रहेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्