Shikhar Insurance

बैंक-बित्तियसंस्था बलिया भएमात्र उद्योग व्यवसाय फस्टाउँछः गोल्छा

सिंहदरबार संवाददाता
२०७७ माघ २७, मंगलवार १९:५६
NIMB
Nabil Bank

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य शाहिल अग्रवालकोे सभापतित्वमा गठित बैंक, बित्तिय तथा बिमा समिति विस्तार भएको छ । समितिका सह–सभापतिमा महासंघको कार्यकारिणी समितिका सदस्यहरू शक्तिकुमार वेगानी र सुवोध कुमार गुप्ता छन् ।

समिति विस्तार कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष शेखर गोल्छाले बैंक, वित्तीय तथा बिमा समिति महासंघको महत्वपूर्ण समिति भएकाले यसले दिने हरेक सुझाव सन्तुलित र गहन हुनुपर्ने बताए । बैंक तथा वित्तीय निकाय बलिया र सक्षम भएमात्र मुलुकभित्र उद्योग व्यवसाय फस्टाउने कुरा निर्विवाद रहेको उनको जिकिर छ ।

Citizen Life
Kumar Bank

अध्यक्ष गोल्छाले महासंघले छिट्टै नै बैकिङ, कर राजस्व, श्रम लगायतका समस्यालाई सम्बोधन गर्न महासंघभित्र दीर्घकालिन प्रकृतिको सदस्य सेवा इकाई स्थापना गर्ने तयारीमा रहेको जानकारी गए । इकाई साधन स्रोत सम्पन्न हुने र समस्यालाई सोही इकाईमार्फत नै समाधान गरि उद्यमी व्यवसायीलाई राहत दिने महासंघको लक्ष्य रहेको अध्यक्ष गोल्छाले बताए । अध्यक्ष गोल्छाले नेपालमा बिमा व्यवसाय तुलानात्मक रूपमा महंगो भएकाले यसलाई प्रतिस्पर्धी बनाउनु पर्ने आवश्यकता औंल्याए । बिमा व्यवसाय हेर्ने नियामक निकायसँग बसेर यस विषयमा छलफल आवश्यक रहेको पनि उनको जोड थियो ।

महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले यदाकदा उद्योग व्यवसाय र बैंकिङ क्षेत्रबीच तनावको अवस्था समेत आउने गरेका विगतका यथार्थता हामी सबैका सामुन्ने रहेकाले समितिले अत्यन्त सोच विचार र अध्ययन गरी सुझाव तयार गर्नुपर्ने बताए ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्