Shikhar Insurance

इन्फ्रास्ट्रक्चर बैंकलाई राष्ट्र बैंकको सहुलियत: अझै दुई वर्ष बैंकमा निक्षेप राख्न पाउने

सिंहदरबार संवाददाता
२०७७ माघ २७, मंगलवार २०:३६
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले इन्फ्रास्ट्रक्चर बैंकलाई थप दुई वर्षसम्म बाणिज्य बैंकहरुमा निक्षेप राख्न पाउने सुविधा दिएको छ । राष्ट्र बैंकले मंगलबार परिपत्र जारी गर्दै इन्फ्रास्ट्रक्चर बैंकले आगामी दुई वर्षसम्म बाणिज्य बैंकहरुमा निक्षेप राख्न पाउने सुविधा दिएको हो ।

राष्ट्र बैंकले यस अघि इन्फ्रास्ट्रक्चर बैंकले कारोबार आरम्भ गरेको दुई वर्षसम्म प्रतिष्पर्धाको माध्यमबाट प्रत्येक बाणिज्य बैंकमा बढीमा एक अर्बको सिमामा नबढ्ने गरि निक्षेप राख्न पाउने भनेको थियो । साथै त्यसरी प्राप्त आम्दानीबाट कर्मचारीलाई बोेनस भने खुवाउन बन्देज लगाएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

अहिले फेरी राष्ट्र बैंकले थप दुई वर्षसम्म त्यसरी नै बाणिज्य बैंकहरुमा निक्षेप राख्न पाउने सुविधा दिएको हो । अब आगामी दुई वर्षसम्म इन्फ्रास्ट्रक्चर बैंकले बाणिज्य बैंकहरुमा निक्षेप राखेर आम्दानी गर्न पाउनेछ ।

लगानीको क्षेत्र बढ्यो
अब बैंकका लागि लगानीका केहि क्षेत्र पनि विस्तार भएको छ । यस अघि कृषिका सिँचाई परियोजना र चिस्यानमा मात्रै लगानी गर्न पाउने सुविधा थियो । अब भने कृषि गोदाम, कृषि उपकरण निर्माण गर्ने कारखाना र व्यवसायीक कृषि फर्ममा पनि लगानी गर्न पाउनेछ ।

अब बैंकले प्रादेशिक एवं स्थानीय तहका सरकारहरुको अगुवाईमा पीपीपी मोडलबाट प्रबद्र्घित कृषि, स्वास्थ्य, पर्यटन, शिक्षा, फोहरमैला व्यवस्थापन र ढल निकास सम्बन्धी परियोजनाहरुमा न्युनतम १० करोडसम्मको कर्जा दिन पाउनेछ । बैंकले भर्खरै ८ अर्बको सर्वाधिक ठूलो आइपीओ निष्काशन गरेको थियो । आइपीओ नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत गरेर भएर दोश्रो बजारमा कारोबार हुने चरणमा रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्